कानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या न्यायालयभित्रैबाट छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन गर्दै उहाँले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताउनुभयो । “हालको न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले …