काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नाे पार्टीकाे नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
साथै उहाँले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्...