नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय चुनावमा सोचेअनुसार आफ्नो पक्षमा नतिजा नआएको निष्कर्ष सुनाएका छन् । बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष आलीले स्थानीय निर्वाचनको नतिजाबारे चर्चा गर्दै पार्टीभित्रको अन्तर्घातका कारण सोचेअनुसार नतिजा नआएको बताएको एक सांसदले बताए । ‘निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको छ । यसको गम्भीर समीक्षा गर्न जरुरी छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘उपमेयर जित्दा मेयर किन