काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । आफूहरूले माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरे पनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको नेता टोपबहादर रायमाझीको गुनासो छ । ‘माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी त अहिले दलविहीनको अवस्थामा रहेर अन्यायमा परेको छौँ, सर्व...