महेन्द्रकुमार शाक्य : धर्मग्रन्थहरूअनुसार मानिसका गति चार किसिमका हुन्छन् । राम्रोबाट राम्रोतिर जाने अथवा उज्यालोबाट उज्यालोतिरै जाने, राम्रोबाट नराम्रोतिर जाने अथवा उज्यालोबाट अँध्यारोतिर जाने, नराम्रोबाट राम्रोतिर जाने अथवा अँध्यारोबाट उज्यालोतिर जाने र नराम्रोबाट नराम्रोतिर जाने अथवा अँध्यारोबाट अँध्यारोतिरै जाने । उज्यालोबाट उज्यालोतिरै जानेः कोही मानिस राम्रो, धनी, सम्पन्न, धार्मिक संस्कार भएको कुलमा जन्मन्छन् । जाँडरक्सी नखाने […]