बेलायती सेनाको ट्वीटर र युट्युब अकाउन्ट ह्याक

बेलायती सेनाको ट्विटर र युट्युब अकाउन्ट ह्याक भएकाे छ । आइतबार ह्याक गरी ह्याकरहरुले क्रिप्टोकरेन्सी र नन फन्जिबल टोकनको बारेमा पोस्ट गरेका थिए । ह्याक भएको केही समयमै अकाउन्ट आफूले नियन्त्रणमा ल्याइसकेको सेनाले बताएको छ ।

सम्बन्धित सामग्री

सावधान ! सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार गरे कारबाहीमा परिएला

काठमाडौं, २ मंसिर । मंसिर ४ गते हुने आम निर्वाचनका लागि मंसिर १ गते राती १२ बजेपछि सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी गतिविधि गर्न रोक लगाइएको छ । बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको यस्तो निर्णय गरेको हो । बिहीबार राती १२ बजेदेखि कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, […]

लाखौँ युट्युब प्रयोगकर्ताका व्यक्तिगत डाटा बिक्रीमा राखियो

१० साउन, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा केही पहिले सुरक्षा त्रुटि फेला परेको थियो । जसका कारण लाखौँ प्रयोगकर्ताका पर्सनल डाटा ह्याकरको हातमा पुगे । रिपोर्ट अनुसार ट्वीटरको डाटाबेसमा त्रुटिका कारण ५४ लाख ट्वीटर प्रयोगकर्ताका व्यक्तिगत हात ह्याकरले हात पारेका थिए । HackerOne को एक रिपोर्ट अनुसार गत जनवरीमा भएको उक्त घटनामा ट्वीटर प्रयोगकर्ताका […]

फेसबुक, ट्वीटर र युट्युब आजबाट नेपालमा दर्ता हुनुपर्ने, नभए के हुन्छ ?

आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । जेठ १५ गते प्रस्तुत भएको बजेटले घोषणा गरेका मूलभूत विषयहरु आजबाट लागू हुँदैछन् । बजेटले नै घोषणा गरेको विद्युतीय सेवा कर पनि अब सुरु भएको छ ।बजेटले गैरबासिन्दा व्यक्तिले नेपाल उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर लिने नीति लिएपछि यस सम्बन्धि कार्यविधि बनेको हो । आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ बनाएको छ । यो कार्यविधि आजबाट प्रारम्भ भएको छ ।आन्तरिक राजस्व विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक राजु प्रसाद प्याकुरेलका अनुसार विदेशमा दर्ता रहेका, उतै कार्यालय भएका र यहाँ सेवाको कारोबारमार्फत आम्दानी गरिरहेका विद्युतीय सेवाले कर तिर्नुपर्ने छ । फेसबुक, ट्वीटर, युट्युब, नेटफ्लिक्वस, टिकटकदेखि गुगलसम्म अब नेपालमा दर्ता हुनुपर्नेछ । उनका अनुसार यो व्यवस्थाको सुरुवाताले आगामी दिनमा नेपालमा सेवा विस्तार गर्न गईरहेका र गरिरिरहेका सबै विदेशी अनलाइन मार्फत कारोबार गर्ने कम्पनीलाई करको दायरा भित्र समेट्नेछ ।कुन कुन विद्युतीय सेवामा कर लाग्छ ? कार्यविधि अनुसार विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोवाइल एप, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्वीरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिका लगायतले विद्युतीय सेवा कर तिर्नुपर्नेछ । उल्लेखित विद्युतीय सेवाको सेवा नेपाल भित्र प्राप्त गरेमा, नेपालको ठेगानामा बिजक जारी गरेमा वा नेपालको बैंकमा भएको बैंक खाता र रकम भुक्तानीका लागि अनुमति प्राप्त संस्थाबाट सञ्चालन भएका भुक्तानी उपकरणबाट रकम भुक्तानी भएमा कर लाग्नेछ ।त्यस्तै, नेपालका बैंक तथा अनुमति प्राप्त भुक्तानी प्रदायकबाट जारी भएका डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य भुक्तानीका माध्यमबाट भुक्तानी भएमा पनि आयकर लाग्ने छ ।नेपाल भित्र भएको इन्टरनेट पहिचान ठेगाना प्रयोग गरी सेवा प्राप्त गरेमा र नेपालको दूरसञ्चार कोड भएको सिमकार्ड वा नेपालको कुनै पनि ल्याण्डलाइन फोन प्रयोग गरी सेवा प्राप्त गरेको अवस्थामा पनि कर लाग्छे । कति लाग्छ ?गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई दिएको विद्युतीय सेवाको कारोबार मूल्य (नेपालमा लागेको अप्रत्यक्ष कर बाहेकको रकम) मा २ प्रतिशत कर लाग्ने छ ।तर, वार्षिक २० लाख रुपैयाँसम्मको कारोबारमा कर लाग्ने छैन । वार्षिक २० लाख रुपैयाँ वा भन्दा बढी रकमको कारोबार गरेमा मात्रै कर लाग्नेछ । दर्ता हुन नआए के हुन्छ ?गैरबासिन्दा व्यक्तिले दर्ताको लागि निवेदनसाथ विभिन्न कागजातहरु स्क्यान गरी पेश गर्नुपर्नेछ । (१) बासिन्दा रहेको मुलुकमा दर्ता भएको कम्पनी दर्ताको प्रमाणपत्रको अंग्रेजी भाषामा नोटरी प्रमाणित प्रतिलिपि(२) बासिन्दा रहेको मुलुकमा लिएको कर दर्ता पहिचान प्रमाणपत्रको अंग्रेजी भाषामा नोटरी प्रमाणित प्रतिलिपि(३) कर प्रयोजनको लागि आधिकारिक व्यक्ति तोकिएको अधिकारनामा सम्बन्धी पत्र र उक्त व्यक्तिको पासपोर्टको अंग्रेजी भाषामा नोटरी प्रमाणित प्रतिलिपि, (४) गैरबासिन्दा व्यक्तिको तर्फबाट तोकिएको आधिकारिक व्यक्तिको तस्वर (फोटो), (५) गैरबासिन्दा व्यक्तिको तर्फबाट तोकिएको आधिकारिक व्यक्तिको दस्तखतको नमुना, (६) नेपालको कुनै नागरिकलाई कर प्रयोजनको लागि आधिकारिक प्रतिनिधि तोकिएको भए सो सम्बन्धी अधिकारनामा र निजको नागरिकता वा राहदानीको नोटरी प्रमाणित प्रतिलिपि  निवेदन प्राप्त भएको मितिले ७ दिनभित्र कार्यालयले दर्ता गरी विद्युतीय माध्यम (अनलाइन) मार्फत अनुसूची–२ बमोजिमको ढाँचामा दर्ता प्रमाणपत्र जारी गर्नेछ । कुनै कारणले दर्ता हुन नसकेमा कारण सहित गैरबासिन्दा व्यक्तिलाई जानकारी गराउनु पर्नेछ । यस कार्यविधि बमोजिम दर्ता नहुने गैरबासिन्दा व्यक्तिलाई कर अधिकृतले ऐनको दफा २९ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रत्येक पटक २० हजार रूपैयाँ जरिवाना गर्न सक्नेछ ।हाल दर्ताका लागि केही केही कम्पनीहरु आउन सुरु भएको विभागका सूचना अधिकारी प्याकुरेलको भनाई छ ।

सामाजिक सञ्जालको लत छाड्दा मानसिक स्वास्थ्यमा के फाइदा ?

सामाजिक सञ्जाल अहिले हरेकको पहुँचमा छ । अहिलेका पुस्ताले धेरै समय फेसबुक, म्यासेन्जर, ट्वीटर, टिकटक, युट्युब, ह्वाट्सअप, भाइबर जस्ता एप्लिकेसनमा बिताउँछन् । आवश्यकभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँदा यसले समय बर्बाद गर्ने मात्र नभई शारीरिक र मानसिक समस्या समेत निम्त्याउने जानकारहरु बताउँछन् । घण्टौं सामाजिक सञ्जालमा बिताउँदा मानिसमा तनाव, इन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिन सक्छन् […]

‘पत्रकारले कसैको पक्ष वा विपक्षमा लाइक, शेयर पनि गर्नुहुँदैन’

काठमाण्डाै – सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्नुहुँदैन । निर्वाचन आयोगले यही वैशाख ३० गते हुुने पालिका तहको चुनावका लागि हालै सार्वजनिक गरेको आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणबारेमा उल्लेख छ ।  सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै र...

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

२१ फागुन, काठमाडौं । रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो । रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु […]

सामाजिक सञ्जालबाट भ्रामक सूचना फैलाए कारवाहीः नेपाल प्रहरी

काठमाडौं, २० फागुन : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गरिने समेत प्रहरीले जनाएको छ । विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई समेत […]

सामाजिक सञ्जालमा कर कार्यान्वयन चुनौती बन्दै

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालमा कर लगाउनुपर्ने आवाज लामो समयदेखि उठिरहे पनि त्यसको कार्यान्वयन भने सहज छैन । सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबरलगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउने घोषणा माथिल्लो तहबाटै भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै गुगल मिट, जुम, माइक्रोसफ्ट टीमलगायतका […]

अब ट्वीटरको एपभित्रै युट्युब भिडियो

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् । ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ । त्यसरी क्लिक गरेपछि […]

आवरण कथा» (अ)सामाजिक सञ्जाल

भावना र विचारको अन्तरक्रिया गराउने फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्रामजस्ता भर्चुअल चौतारीहरू आत्मरतिमा रमाउने साझा अखडामा परिणत हुन पुगेका छन्