काठमाण्डाै - नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सकिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हिजो बेलुकासम्म ३ सय १४ पालिकाको नतिजा आउँदा १ सय ६४ मा नेता कृष्णप्रसाद सिटौलासहित सभापति देउवा समूहका सभापति चुनिएका छन् भने १ सय ४३ मा पौडेल समूहका नेता सभापतिमा चुनिएका छन् ।
सात वटा पालिकामा भने कुन समूह विजयी भएको भन्नेबारे खुल्न बाँकी छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लामा पालिका अधिवेशन हुन बाँकी छ । आ-आफ्नाे प्रदेशमा देउवा र प...