कांग्रेसको आगामी महाधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन निर्णायक भूमिका खेलेका निधि, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठजस्ता नेताहरू देउवा क्याम्पबाट बाहिरिएका कारण यसपटक उनलाई सभापतिमा जित्न कठिन हुने देखिन्छ ।