म ठूलो भन्ने प्रवृत्तिले कम्युनिष्ट एकता टिकेन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाए । जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेका उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार ठूलो हुन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो हुने बताएका छन् । प्रदेशसभाको दशौं अधिवेशनको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन ।‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनल

मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले डोटी पुगेर स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। केआईसिंह गाउँपालिका–६ मा रहेको मतदान केन्द्रमा उनले मत खसालेका हुन्। मतदानपछि संक्षिप्त कुरा गर्दै उनले मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन्। लोकतन्त्रको अभ्यास गर्न पाउनु सबैभन्दा ठूलो कुरा भएको बताउँदै उनले अहिलेसम्म गरेको कामको मूल्यांकन जनताले मतदानबाट गर्ने उल्लेख गरे।

कुनै पनि कार्यक्रममा मजाक गर्नुपर्ने कारण छैन : मुख्यमन्त्री भट्ट

सुर्खेत। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि आएको सुझावलाई समेटेर जानु सरकारको दायित्व भएको बताएका छन्। सदनलाई ढाट्ने नभई जे कुरा हुन्छ त्यो जानकारी गराएर नै जाने उनले उल्लेख गरे। “सदनलाई जानकारी गराउने कुरा स्वभाविक हो, सरकारको दायित्व हो, कार्यक्रम सानो वा ठूलो भनेर यसमा कसैले मजाक गर्नुपर्ने कुनै कुरा होइन, चित्त नबुझ्न सक्छ”, उनले भने।