५३ वर्षपछि घर फर्केका टीकारामले ७८ वर्षमा पाए नागरिकता

पर्वत : पर्वतको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीको आहाले गाउँका टीकाराम विश्वकर्माले ७८ औँ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।२५ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत पसेका उनी विभिन्न ठाउँमा जागिर गर्दै गुहाटीमा पुगे। बिहे गरेर दुई सन्तान जन्माएपछि उनी भारत पसेका थिए। कान्छा छोरा अमरलाई ६ महिनाको छोडेर गएका थिए।त्यो बेलामा सञ्चार माध्यमको विकास नभएका कारण बेलाबेलामा घर आउनु वा चिठी पठाउनु नै खबरको माध्यम थियो। तर नपढेका टीकारामले चिठी पनि पठाएनन्।उनी भारत गएको करिब तीन व

सम्बन्धित सामग्री

रुंगटा परिवारसँग दोहोरो नागरिकता चार वर्षमा पनि सकिएन छानबिन

सप्तरीको राजविराज नगरपालिका–९ घर भएका रुंगटा परिवारको दोहोरो नागरिकता प्रकरणको छानबिन गृह मन्त्रालयमा अड्किएको छ । राजेन्द्रकुमार रुंगटा, उनकी श्रीमती मन्जु रुंगटा, छोराहरू राहुलकुमार रुगंटा र अंकितकुमार रुंगटा तथा छोरी पूजा...

उमेर ढल्केपछि चाहियो नागरिकता

१७ मंसिर, सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो । सोही स्थानकी दश नाती-नातीनाको हजुरआमा ५४ वर्षीय छलिमाया […]

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति

८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।...

फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति

८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।...

९० वर्षमा नागरिकता

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ मरकट्टे घर भएकी अनिता विष्टले ९० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोलीले उनको घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो । नागरिकता नहुँदा अनिता सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित […] The post ९० वर्षमा नागरिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो । जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए । सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता  र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएन

घर-घरै पुगेर नागरिकता

गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् । सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित ज्येष्ठ नागरिकले समेत नागरिकता पाए । आफू पनि नागरिकता पाउने आशमा साङ्मो हर्षले गद्गद् भइन् । भोलिपल्ट टोली घरदै

झुक्याएर नागरिकता लिने ‘बाबु–छोरी’ पक्राउ

स्थानीय प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका धुरुपप्रसाद पटेल र भारत घर भएकी २८ वर्षीया युवती कविताकुमारी पटेल उर्फ सीता छिन् । ५१ वर्षीय धुरुपप्रसादले बावु बनेर कविता आफ्नो ‘छोरी हुन्’ भन्दै जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेर नागरिकता दिलाएका थिए ।कविताको साथमा फेला परेको नागरिकता २०७० पुस ११ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो । ना

झूटो विवरण पेश गरी धरानबाट नागरिकता बनाएर जापान जाने सुरसार

स्याङ्जा घर भएकी १ महिलाले धरान उपमहानगरपालिका–९ को वासिन्दा बनेर झूटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विक्रम संवत् २०७५ माघ ८ गते धरान–९ बाट नागरिकता लिएको पाइएको हो । उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुवा बनेर नागरिकता दिलाएको पाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष रत्न कटवाललाई झुक्काएर ती सुजुवालले धरान–९ को वासिन्दा र मञ्जु आफ्नो छोरी भएको कागज बनाएर सिफारिस लिएको पाइएको छ । स्याङ्जा प्रहरीले ती महिलालाई पक्राउ गरेपछि यस्तो रहस्...