स्याङ्जा घर भएकी १ महिलाले धरान उपमहानगरपालिका–९ को वासिन्दा बनेर झूटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ ।
स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विक्रम संवत् २०७५ माघ ८ गते धरान–९ बाट नागरिकता लिएको पाइएको हो ।
उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुवा बनेर नागरिकता दिलाएको पाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष रत्न कटवाललाई झुक्काएर ती सुजुवालले धरान–९ को वासिन्दा र मञ्जु आफ्नो छोरी भएको कागज बनाएर सिफारिस लिएको पाइएको छ ।
स्याङ्जा प्रहरीले ती महिलालाई पक्राउ गरेपछि यस्तो रहस्...