आन्तरिक लोकतन्त्रको अभ्यास (सम्पादकीय)

सत्तारूढ नेपाली काँग्रेसको १४आँैं महाधिवेशनको प्रक्रियाअन्तर्गत पार्टीको सबैभन्दा तल्लो वैधानिक निकाय वडा तहको अधिवेशन प्रारम्भ भएको छ । देशका ५८ जिल्लामा पार्टीका क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाएर काँग्रेसले वडा अधिवेशनको सुरुवात गरेको छ । एकातिर कोरोना(कोभिड–१९) भाइरसको सङ्क्रमण र अर्कोतिर विभिन्न जिल्लामा निरन्तरको बाढी पहिरोलाई चिर्दै काँग्रेसले संवैधानिक प्रावधानको रक्षासमेत गरेर महाधिवेशनको माहोलमा होमिएको छ । पटक पटक विभिन्न तहको अधिवेशनको कार्यतालिका तोक्ने तर अन्तिम समयमा स्थगित हुने अवस्थाबाट समयमा सीमा घर्कदै गएको थियो । यो अवस्थाबाट अगाडि बढेर काँग्रेसले पछिल्लो पटक तयार गरेको निर्धारित कार्यतालिका अनुसार नै वडा तहबाट निर्वाचन प्रक्रिया सुरुवात गरेको हो । यसबाट काँग्रेसले पार्टीको विधान र मुलुकको संविधानको समेत पालना गरेको छ । यसबाट निर्धारित समयमा काँग्रेसको महाधिवेशन हुने विश्वास जागृत भएको छ ।

सम्बन्धित सामग्री

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह

लुम्बिनी– नेकपा एमाले लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् । एमालेको यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र पराजित हरिप्रसाद रिजालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अवलम्बन […]

साइबर सुरक्षासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ – आन्तरिक मामिला तथा कानुन मन्त्राल सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ नामक पुस्तक सार्वजनिक गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको हातबाट लोकार्पण भएको पुस्तक गंगालाल चपाई (निकेश), बाबुराम अर्याल र रविराज बरालले लेखेका हुन्। प्रकाश सुवेदीले सम्पादन गरेको पुस्तकले आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक […]

प्रतिनिधिसभामा नयाँ अभ्यास

काठमाडौं : संघीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा संघीयसंसद्को तल्लो सदन प्रतिनिधिसभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मंगलबार सवारी दुर्घटनामा दिवंगत भएका भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,कार्यव्यवस्था परामर्श समितिको समझदारी अनुसार शोक प्रस्ताव पारित गरिएको हो।

प्रतिनिधि सभामा नयाँ अभ्यास

काठमाडौं, असार ७। सङ्घीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मङ्गलबार सवारी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। कार्यव्यवस्था […]

बाबुराम र उपेन्द्रले थाले फरक पार्टीको अभ्यास

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले फरक-फरक पार्टीको अभ्यास थालेका छन्। केही समयदेखि आन्तरिक विवादमा फसेका भटराई र यादवले अब भने पार्टी विभाजन गर्ने अन्तिम चरणमा पुगेका हुन्। आपसी मतभेद मिल्न नसकेपछि अघिल्लो हप्ता दुई नेताले सहमतिमै छुटिने निर्णय गरेका थिए। निर्णयअनुसार दुवै जनाले केन्द्रीय समिति बैठक आह्वान […]

विपत्मा उद्धारको अभ्यास महत्त्वपूर्ण ः मन्त्री कार्की

वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पीडितहरुलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फायर फाइटरको अभ्यास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार फायर फाइटरको अभ्यास गरिएको छ ।आइतबार साँझ नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो ।विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न फायर फाइटर गरिएको बताए ।  आन्तरिक विमानस्थलमा तय

माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा

१३ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरू आन्तरिक छलफलमा छन् । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसिसीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णयपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेसंग संवाद अघि बढाएको छ । र नयाँ राजनीतिक समीकरण निर्माणको अभ्यास जारी छ । यही पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका […]

आन्तरिक लोकतन्त्रको अभ्यास

अहिले महाधिवेशनको तयारीमा रहेका दलहरूले आगामी दशकका निम्ति आफ्नो ‘भिजन’ प्रष्ट पार्नु आवश्यक छ। देशका निम्ति तत्पर नेतृत्व निर्माण गर्न पनि सबैको ध्यान जान सक्नुपर्छ। यसो भयो भनेमात्र मुलुकको लोकतन्त्र सक्षम भई अगाडि बढ्न सक्ने देखिन्छ।...

पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यास जरुरी छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी रहेको उल्लेख गरेका छन् । नेता सिंहले पदमा जानका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले नेपाली काग्रेस पार्टीलाई अप्ठ्यारोमा पुर्‍याउने बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ […]