प्रतिनिधि सभामा नयाँ अभ्यास

काठमाडौं, असार ७। सङ्घीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मङ्गलबार सवारी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो। कार्यव्यवस्था […]

सम्बन्धित सामग्री

नयाँ सत्ता गठबन्धन : बलियो बामशक्ति निर्माणको अभ्यास

प्रतिनिधि सभामा प्रमुख दल नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा खटपट भएपछि पुनः नयाँ गठबन्धनको जन्म भएको छ । प्रतिनिधि सभामा दोस्रो ठुलो दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँध थापेपछि पुरानै गठबन्धन ब्युँतिएको हो ।

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैं अघि बढाउन पाउने

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैँ अघि बढाउन चाहेको खण्डमा त्यस्तो अनुमति पाउन सक्ने बाटो खुला गरिएको हो । संसद सचिवालयका उपसचिव नुमराज खनालका अनुसार यस्तो अभ्यास पहिलो पटक गर्न खोजिएको हो ।

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो।...

नागरिकता विधेयकमा राष्ट्रपतिको मुख्य सन्देश र सवाल

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै विभिन्न क्षेत्रबाट उठेका प्रश्न र सुझावलाई ख्याल गर्न संसद्लाई सन्देश पठाउनुभएको छ । नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक रहेकोमा राष्ट्रपतिले जोड दिनुभएको छ । नागरिकता सम्बन्धी कानुनी अभ्यास र परम्पराको विश्लेषण गर्दै यसबारे संसदमा अझ गहिरो गरी छलफल गर्न उहाँको आग्रह छ ।  यसैगरी नागरिकता ऐन २०६३ तथा प्रतिनिधि सभामा तीन वर्षअघि पेस भइ प्रतिवेदन समेत बनेको विधेयक समेतका पक्षहरूको अध्ययन गरेर मात्र नयाँ कानुन बने...

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

काठमाडौँ- प्रमुख विपक्षी एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्‍न उठाएको छ ।  बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रह...

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन [पूर्णपाठसहित ]

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिदैं असल कामलाई निरन्तरता दिने बताउनु भएको छ ।  प्रतिनिधि सभामा आइतवार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिनुभएको छ भने ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने बताउनुभएको छ । कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताउनु भएको छ । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताउनु भयो । यस्तो छ मन्तव्यको पूर्णपाठ :  माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय केपी शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु । माननीय सभामुख महोदय, अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भईरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु । माननीय सभामुख महोदय हामी याँहा उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन । तथापी हाम्रा केहि साझा चुनौति, उद्देश्य र गन्तव्य छन । जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ । कोभिड—१९ हाम्रो तत्कालको चुनौति हो । गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ । सभामुख महोदय, हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन । माननीय केपी शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । वहाले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशिल रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होईनौ बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ । सभामुख महोदय, संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ । सभामुख महोदय, म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा ९६० बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु । धन्यवाद !

ओली र प्रचण्ड दुवै समूहले एक अर्कालाई लगाए सांसद खरिदको आरोप

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएसँगै राजनीतिको केन्द्र अब संसद बनेको छ । सरकारले आगामी फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । फागुन २३ देखि सुरु हुने बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर हटाउने रणनीतिमा नेकपा प्रचण्ड–नेपाल समूह छ भने अविस्वासको प्रस्ताव फेल गरी प्रचण्ड–नेपाललाई सत्तामा आउनै नदिने रणनीतिमा ओली समूह छ । त्यसका लागि दुवै पक्षले संसदीय जोड घटाउ गरिरहेका छन् । संसदको बैठकअघि प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गर्ने बताएको छ । त्यसको लागि संसदीय दलमा बहुमत सांसदको आवश्यकता पर्छ । सामान्यतया अहिले प्रचण्ड नेपाल समूहसँग संसदीय दलमका बहमत भएपनि नेता कार्यकर्ता यताउता गरिरहेको अवस्थामा आफ्नै सांसदहरुप्रति उनीहरुले पुरै भरोसा गर्न सकिरहेका छैनन् । ओली र प्रचण्ड नेपाल समूहमा सांसदहरुको संख्या थोरैमात्र कमवेशी छ । अहिले दुवै पक्ष एक अर्काले आफ्ना समूहका सांसद किन्न थालेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेका छन् । कुन पक्षमा कति सांसद ? पुनर्स्थापित प्रतिनिधि सभामा नेकपाका १ सय ७४ सांसद थिए । जसमा अग्नि सापकोटा सभामुख बनेका र सांसद सानु शिवाको निधन भएपछि हाल प्रतिनिधि सभामा मतदान गर्ने नेकपा सांसदको संख्या १ सय ७२ कायम छ । जसअनुसार नेकपाको संसदीय दलमा बहुमत पुर्‍याउनका लागि ८७ सांसदको समर्थन चाहिन्छ । सभामुखले कुनै विषयमा निर्णायक मत हाल्नुपर्ने अवस्था आइपरे मात्र मतदान गर्ने अभ्यास छ । प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनपछि गरेको संसदीय दलको बैठकमा ९३ सांसद उपस्थित रहेको जनाएको थियो । त्यसमध्ये यसबीचमा गौरीशंकर चौधरी, प्रभु साह, शेरबहादुर तामाङ, भैरबबहादुर सिंहलगायतका सांसद ओलीको पक्षमा लागेका छन् । ओली समूहमा रहेकी समिना हुसैन प्रचण्ड–नेपाल समूहमा खुलेकी छिन्। यसरी ओली समूहमा हालसम्म ८२ जना सांसद भएपनि दुवै पक्षका गरी करिब २० जना सांसदहरु ‘यताउता’ हुनसक्ने आकलन उनीहरुले गरेका छन् । त्यसले गर्दा प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन ढुक्क हुनसक्ने अवस्थामा प्रचण्ड–नेपाल समूह छैन भने ओली पनि ...

प्रतिनिधि सभामा नयाँ अभ्यास

सङ्घीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मङ्गलबार सवारी दुर्घटनामा निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो।

भद्दा र कुरूप बन्दै राष्ट्रिय राजनीतिको अभ्यास

हालै सम्पन्न आमनिर्वाचनको परिणामअनुसार बामपन्थी गठबन्धनले १७४ संसद सदस्य र नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले ९६ संसद सदस्य प्राप्त गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक गरी जम्मा २७५ सिट संख्या छ । सरकार निर्माणको लागि बहुमत ५१ प्रतिशत पुर्‍याउनुपर्ने आवश्यक संसद संख्या १३८ मात्र हो । प्रतिनिधि सभामा वामपन्थी गठबन्धनको …