काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्। आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए।त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘