राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन् । सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गरे ।नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभन्न खेलस्थलको