काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पठाइएको छ। राष्ट्रपति भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन्। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ…