काठमाण्डाै - नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ ।
काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ । तर यसपालि कोरोना भाइरसको जोखिम कायमै रहेकाले एक महिनासम्म हुने धार्मिक गतिविधि पनि प्रभावित भएको छ।
यसैबीच ललितपुरमा आजदेखि बगी जाने भनेर मतयाःको रुट निरीक्षण ...