भूतप्रेत भगाउन घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

भक्तपुर : नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन। साउन कृष्ण चतुर्दशीका अवसरमा घर र परिवारलाई भूतप्रेतले छुन नसकोस् भनेर गँठेमंगाः चर्‍हे दिन नेवार समुदायले काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुँ स्वाँ, बौ स्वाँ, मकै, आरुको बोटको हाँगा, भुसको ढुटो, जाँडको कट राखेर त्यसलाई छ्वास, दोवाटो वा चौबाटोमा लगेर राखिन्छ। जसलाई बौ वाय् ज्या (भूत मन्छाउने) कार्य भनिन्छ।आजैको दिन घरको मुल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीन खु