काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बिक्री गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ । चाँगुनारायणका बस्नेतसहित काठमाडौंको कोटेश्वरमा बस्दै आएका हरि ओली, मुलपानी बस्ने मनोज खत्री, काठमाडौ […]