दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन् ।गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित