रुपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रको निर्माण एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । सम्झौता अवधिभित्र सन्तोषजनक काम नभएपछि लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत पोल र स्ट्रिट लाइटको बुधबार निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा. लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् […]