काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे ।
मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम...