काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सिंहले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र पनि सार्वजनिक गर्नुभएको छ ।
सिंहको समूहमा सुजाता कोइरालाले उपसभापतिको उम्मेदवारी दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । रामचन्द्र पौडेलको समूहमा साझा उम्मेदवार तय हुन नसकेपछि सिंहले छुट्टै समूह बनाएर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।