मुस्ताङमा हिमपात

गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । व

सम्बन्धित सामग्री

म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात

म्याग्दी : म्याग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ।लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायी खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीलाई भने समस्या भएको मुक्तिनाथ दर्शनका लागि गएका श्यामनारायण निरौलाले जानकारी दिए। म्याग्दीको गुर्जा लगायत उच्च लेकाली क्षेत्रमा हल्का हिमपात भएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए।उता पाँचवटा स्थानीय तह रहेको मुस्ताङका सबै ठाउँमा व

मुस्ताङमा हिमपात : वर्षासँगै जाडो बढ्यो

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । बुधवार बिहानदेखि यो वर्षकै पहिलो हिमपात भएपछि मुस्ताङबासी खुशी भएका छन् । बदलिँदो मौसमसँगै हिमपात हुँदा स्थानीय कृषक तथा पर्यटक हर्षित भएका हुन् । तल्लो क्षेत्रमा पनि हल्का हिउँ पर्न थालेको र चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । हिउँदयाम सकिएर गर्मीयाम शुरू हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम शुरू भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमीनमा जम्न सकेको छैन । हिमपातले डाँडा र खर्क सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासीको अनुमान छ । मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरू समेत खुशी भएका छन् । हिउँदयाममा वर्षा र हिमपात नहुँदा जमीन सुख्खा भएर खेतीसमेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईंको लागि राहत भएको कृषकहरूको भनाइ छ । हिमपातले मुस्ताङका कृषकलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । स्याउ बगैंचा र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।

मुस्ताङमा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर

मुस्ताङ, ८ फागुन । हिमाल पारीको जिल्ला मुस्ताङमा यस वर्ष तेस्रोपटक हिमपात भइरहेको छ । आइतबार बिहानबाट हिमपात भइरहेको मुस्ताङ प्रशासनले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने बेला मुस्ताङमा पुनः तेस्रोपटक हिमपात भएको हो । मुस्ताङका विभिन्न स्थानहरु लोमान्थङ, लोघेकर, दामोदरकुण्ड, वारागुङ, मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा आज हिमपात भएको […]

हिमपातले मुस्ताङमा विद्युत्‚ सडक र हवाई सेवा अवरुद्ध

म्याग्दी : हिमपात र वर्षाका कारण हिमालपारिको जिल्ला मुस्ताङमा सडक, विद्युत् र हवाई सेवा अवरुद्ध भएको छ।बिहीवार साँझदेखि परेको हिमपात र वर्षा शनिबार बिहानसम्म पनि नरोकिएकाले मुस्ताङ र म्याग्दीको जनजीवन कष्टकर बनेको छ। मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात भएको छ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाँचवटै स्थानीय तहको डाँडापाखा हिउँले ढाकेको छ। तापक्रम घटेकाले अत्यधिक चिसो बढेको छ। हिउँ बाक्लो जमेकाले बेनी–जोमसोम–कोरला स

मुस्ताङमा र म्याग्दीमा हिमपात

म्याग्दी । भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए पछि हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै […]

मुस्ताङमा पुनः हिमपात, विद्युत् तथा यातायात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा

मुस्ताङ र म्याग्दीमा हिमपात : यातायात, बिजुली र हवाई सेवा बन्द (फोटो फिचर)

म्याग्दी – मुस्ताङमा फेरि हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण हिजो रातिदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।  पाँच वटा गाउँपालिका रहेको जिल्लाको माथिल्लो क्षेत्रसहित सबै ठाउँमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । हिमपात भएपछि मुस्ताङका डाँडापाखा अहिले सेताम्मे बनेका छन् । वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको स्थानीयको भनाइ छ ।  मुस्ताङमा यो सिजनको ...

हिमपातले मनाङ र मुस्ताङमा आउजाउ नै रोकियो

अधिक हिमपातले हिमाली जिल्लाको जनजीवन सकसपूर्ण बनेको छ। हिमाली जिल्ला मनाङमा हिमपातपछि हिमपहिरो झर्दा एकजना स्थानीय बेपत्ता भएका छन। मुस्ताङमा भने धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथसम्म पनि उक्लिन नसकिने गरि भीषण हिमपात भएको छ। हिउँ नपग्लेसम्म मुक्तिनाथ पु...

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]

उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।  सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले