मुस्ताङमा पुनः हिमपात, विद्युत् तथा यातायात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा