चाँगुनारायण नगरपालिका वडा न. ६ मा एकजना महिलाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । बिहीबार २२ वर्षकी सुर्यमाया तामाङको मृत्यु भएको भन्दै मृतकका श्रीमानले माइतीघर काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा रहेकी सासु आमालाई खबर गरेका थिए । मृतकले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव तामाङसँग प्रेम विवाह गरेकी थिइन् । मृतकका बुबा संग्राम तामाङ भने ‘मेरो छोरीको हत्या भएको हो, आफैं मरेको होइन ।’ खबर आएलगत्तै माइती पक्ष मृतक महिलाको घरमा पुग्दा उनको शरीर सुत्ने ओछयान भएको संग्राम बताए ।