तौलिहवा । अखिल नेपाल किसान महासंघ (अफ्फा) जिल्ला समिति कपिलवस्तु अन्तर्गत शिवराज नगरपालिकाको चनौटामा नगरस्तरीय भेला सम्पन्न भएको छ ।
कर्मराज चौधरीको अध्यक्षतामा र जिल्ला अध्यक्ष मुक्तिराम न्यौपानेको उपस्थितिमा सम्पन्न भेलाले कर्मराज चौधरीको अध्यक्षतामा ९ सदस्सीय अखिल नेपाल किसान महासंघ शिवराज नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा छन्दबहादुर केसी, सचिव गोपाल केसी, कोषाध्यक्ष अर्जुन पौडेल, सदस्यहरू श्याम मोहन केवट, मोहन चौधरी, पुरण मुराउ र हरिमाया भण्डारी रहनुभएको छ ।
भेलामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) केन्द्रीय सदस्य केरसिंह अदै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विकले सम्बोधन गर्दै किसानका समस्या, सरकारको नीति, साथै देशको तत्कालीन राजनैतिक अवस्थ को बारेमा प्रष्ट पार्नु भएको थियो ।
भेला पछिको बैठकले संगठन विस्तार गर्ने, यही माघ ३० गते गोरूसिङ्गेमा हुने किसान संघको विरोध सभामा व्यापक किसानहरू उतार्ने निर्णय गरेको छ ।
कार्यक्रमको सञ्चालन केरसिंह पुनले गर्नु भएको थियो भने स्वागत मोहन चौधरीले गर्नु भएको थियो ।