काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ को सम्पूर्ण तयारी पूरा भएको छ । उद्यम तथा व्यावसायिक क्षेत्रमा सफल व्यवसायी तथा उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले न्यू बिजनेश एज प्रालिले उक्त कार्यक्रम गर्न थालेको हो ।
कार्यक्रमको पहिलो सत्रमा समिट हुनेछ । समिटमा ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ थिममा प्यानल डिस्कसन राखिएको छ, जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल, रम्सन नेपालका सहसंस्थापक रुमी सिंह र गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा वक्ताको रूपमा रहेका छन् ।
प्यानल डिस्कसनको मोडरेटर स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका ट्रान्जेक्सन कन्ट्री हेड माइकल सिद्धीले गर्ने कार्यक्रम छ । कार्यक्रमको दोस्रो सत्रमा अवार्डस् वितरण हुनेछ, जसमा सातै प्रदेशबाट इन्टरप्राइजिङ वुमन अफ द इयरका रूपमा १–१ जना उत्कृष्ट महिला उद्यमी छनोट हुनेछन् ।
कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, ‘सोसल आन्त्रप्रेनर अफ द इयर, वुमन इन टेक अफ द इयर, प्रोफेशनल वुमन अफ द इयर, बिजनेश वुमन अफ द इयर, वुमन आन्त्रप्रेनर अफ द इयरसमेत घोषणा गरिनेछ ।
आगामी शुक्रवार काठमाडौंमा हुने विशेष कार्यक्रममा देशभरबाट छानिएका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ । न्यू बिजनेश एज प्रालिका अनुसार सात प्रदेशबाट करीब २ हजार महिला उद्यमीलाई यस अवार्डमा सहभागी गराइएको छ ।
विभिन्न सातभन्दा बढी विधामा उत्कृष्ट उद्यमीलाई विशेष समारोहमा सम्मान गर्न लागिएको हो । यसअघि सन् २०२२ मा न्यू बिजनेश एजले यसप्रकारको कार्यक्रम गरेको थियो । उद्यम, व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम न्यू बिजनेश एजले सन् २०१३ देखि नै गर्दै आएको छ । महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम भने २०२१ देखि शुरू गरेको थियो । अवार्डस्को मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक हो ।
लाइफ इन्स्योरेन्स पार्टनरमा आइएमई लाइफ र ननलाइफ इन्स्योरेन्स पार्टनरमा सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) छन् । अवार्डस् कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशन, माछापुच्छ्रे बैंक, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सीताराम दूध, सांग्रिला डेभलपमेन्ट बैंक, होन्डा ग्राजिया, कृषि विकास बैंक लिमिटेड र ब्यन्जनको सहयोग रहेको छ । कार्यक्रमको आइकेयर पार्टनरमा न्यू भी. रोथो र इन्टरनेट पार्टनरमा वल्र्डलिंक रहेको छ । न्यू बिजनेश एजले उद्यमशीलताको मुद्दालाई लामो समयदेखि उठाइरहेको छ ।