स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभरबीच सम्झौता

काठमाडौं (अस) । स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल कम्पनीबीच सम्झौता गरिएको छ । युनिलिभरका वितरकहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिश गरिएका वितरकहरूले बैंकद्वारा स्वीकृति प्राप्त भएका व्यापार वित्तीय समाधानहरूमा लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला वितरकहरूलाई पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकको भनाइ छ । त्यसबाट वितरकहरूलाई कठिन समयमा समेत वित्तीय स्थिरता सुनिश्चित गर्न सघाउ पुग्ने बैंकले विश्वास गरेको छ । साथै ठूला कर्पोरेटहरूलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धता लागू गर्न पनि टेवा पुग्ने बताइएको छ ।