अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन हुने

६ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी शिक्षा विभागले १५ र १६ वैशाखमा अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन गर्ने भएको छ । त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा रुपान्तरण नव–प्रवर्तन, …

सम्बन्धित सामग्री

त्रिविमा छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषाविज्ञान सम्मेलन

१६ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यलाय, अंग्रेजी शिक्षा विभागले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन सम्पन्न भएको छ । ‘अंग्रेजी भाषा शिक्षामा रुपान्तरण : नवीनता सहकार्य र उत्प्रेरणा’ शिर्षकमा आयोजना भएको सम्मेलनमा अन्तर्राष्ट्रिय …

संस्कृत भाषा र शिक्षाक्षेत्रको सेवा व्यापार

पूर्वीय धर्मदर्शनमा आबद्ध मानिसहरूका लागि संस्कृत भाषा स्रोत भाषाका रूपमा रहेको हुँदा बुद्धमार्गी र हिन्दूमार्गी देशहरूमा यसप्रतिको आकर्षण रहनु स्वाभाविक हो । संस्कृत मूल भएका प्राकृत भाषाहरूका लागि पनि संस्कृत सन्दर्भ भाषाका रूपमा रहिआएको छ । दोस्रो, संसारको प्राचीन भाषा भएको नाताले संस्कृत भाषाप्रति स्वाभाविक रूपमा विश्वभर एकप्रकारको जिज्ञासा व्याप्त छ । विशेषगरी भाषाविज्ञान र व्याकरणका क्षेत्रका लागि संस्कृत भाषा र व्याकरण अति महत्त्वपूर्ण पक्षका रूपमा रहेको पाइन्छ । तेस्रो, संस्कृतमा लेखिएका ग्रन्थहरूमा आफ्नो अध्ययन अनुसन्धान आदिमा केही योगदान हुन सक्छ कि भन्ने कोणबाट पनि यस भाषाको अध्ययन हुने गरेको छ । विशेषगरी आयुर्वेद, गणित, दर्शन, नाट्यशास्त्र योग, ज्योतिष क्षेत्र यस वर्गमा पर्छन् । यूरोपेली भाषाको शब्दोत्पत्तिमा विश्वभर ठूलो ऊर्जा खर्च भइरहेको छ खासगरी प्रोटोइन्डोयूरोपेली र इन्डोयूरोपेली अवधारणाअन्तर्गत भाषाको उत्पत्ति, शब्दको उत्पत्ति र विकासक्रमका बारेमा । अहिलेको पश्चिमा जगत्को संस्कृत अध्ययन यसै विषयमा परिलक्षित छ । वर्तमान विश्वमा संस्कृत अध्ययनमा पश्चिमा जगत्, भारत र नेपाल गरी तीनओटा केन्द्रहरू रहेका छन् । पश्चिमा जगत्का लागि संस्कृत अध्ययन प्राज्ञिक विषयमा मात्र सीमित रहेको छ भने नेपाल र भारतका लागि संस्कृत अध्ययन प्राज्ञिक सक्रियताका अतिरिक्त सफ्टपावरका रूपमा समेत महत्त्व राख्छ । भारतले संस्कृतलाई कूटनीतिक प्रभाव विस्तारको औजारका रूपमा स्वीकार गरेको छ । नेपालको परराष्ट्र नीति २०७७ मा संस्कृत भाषाक्षेत्रलाई सार्वजनिक कूटनीतिको औजारका रूपमा उपयोग गर्न सक्ने सम्भावनालाई स्पष्ट रूपमा स्थान दिएको पाइन्छ । यस नीतिअन्तर्गत (१) नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषाको प्रचारप्रसार गर्ने, (२) नेपाल प्राग्ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोवास स्थल, प्राचीन ज्ञान भूमि एवम् पूर्वीय दर्शन र अध्यात्मको एक उद्गमस्थल भएको र त्यसबाट मानव सभ्यताको विकासमा योगदान पुगेको तथ्यलाई विश्वसामु उजागर गर्ने तथा (३) विशिष्ट भौगोलिक अवस्था र अनुकूल हावापानीले नेपालको आध्यात्मिक चिन्तन, ध्यान, योग तथा आरोग्यताका लागि उपयुक्त गन्तव्य स्थलका रूपमा रहेको तथ्यलाई विश्वसामु प्रस्तुत गर्ने विषयहरू उल्लेख छन् । नेपालको संस्कृत जगत्ले यी नीतिहरूलाई व्यवहारमा उतार्ने गरी कार्यान्वयनयोग्य कार्यक्रमहरू प्रस्ताव गर्न सक्ने हो भने नेपालको परराष्ट्र नीतिको कार्यान्वयनमा नेपाल संस्कृत विश्वविद्यालय महत्त्वपूर्ण सहयात्रीका रूपमा सहयोगी हुन सक्ने देखिन्छ । नेपालको इतिहास, अवस्थिति तथा तुलनात्मक रूपमा तटस्थताको नीति अंगीकार गरेका कारण पश्चिमा जगत्देखि पूर्वीय दर्शनमा आबद्ध देशहरूका लागि नेपाल संस्कृत अध्ययनको केन्द्रका रूपमा स्थापित हुन सक्ने देखिन्छ । शक्ति विस्तारको होडमा नरहेका तटस्थ देशहरू यस्ता विशुद्ध प्राज्ञिक विषयहरू अध्ययनका लागि अनुकूल स्थानमा गनिन्छन् । विश्वमा शिक्षाक्षेत्र सेवा व्यापारको महत्त्वपूर्ण क्षेत्रका रूपमा देखा परेको छ । विगतमा शिक्षा आफ्नो प्रभुत्व स्थापित गर्ने दिशामा उन्मुख रहेको यो क्षेत्र आधुनिक युगमा सेवा व्यापारको सबैभन्दा आकर्षक क्षेत्रका रूपमा देखा परेको छ । फलस्वरूप आर्थिक कूटनीतिमा शिक्षा सेवा व्यापार पनि एक महत्त्वपूर्ण क्षेत्रमा रूपमा देखा परेको छ । सम्बद्ध देशका राजदूतावासहरूका शिक्षा तथा सांस्कृतिक विभागहरूको प्राथमिकता आफ्ना देशमा विश्वविद्यालयहरूमा विद्यार्थी भर्नाको सहजीकरण नै हुने गरेको छ । संस्कृत शिक्षामा पनि विश्वव्यापी आकर्षणमा वृद्धि हुँदै गएको अवस्थामा संस्कृत शिक्षाको निर्यात पनि आकर्षक क्षेत्रमा देखा परेको छ । यी सम्भावनालाई दृष्टिगत गर्दै नेपालले संस्कृत शिक्षालाई सेवा व्यापारको विधाका रूपमा विकास गर्दै नेपाललाई संस्कृत शिक्षाको केन्द्रका रूपमा विकास गर्नु जरुरी छ । शिक्षाको अन्तरराष्ट्रिय व्यापारमा झैं संस्कृत शिक्षाको अन्तरराष्ट्रिय व्यापारमा पनि चारओटा मोडहरू आकर्षित हुन्छन् । तलिकाका देखाइएका विधिबाट नेपाललाई संस्कृत शिक्षाको अन्तरराष्ट्रिय व्यापारको केन्द्रका रूपमा विकास गर्न देहायका व्यवस्थाहरू हुन जरुरी छ । सर्वप्रथम संस्कृत भाषाका सम्बन्धमा देशभित्र नीतिगत स्पष्टता हुन जरुरी छ । संस्कृत शिक्षाको प्रचारप्रसार र प्रवर्द्धनका लागि कानूनतः बाटो खुला हुुनुपर्छ । देशभित्र राजनीतिक तथा सामाजिक रूपमा संस्कृत भाषाप्रति आस्था, श्रद्धा र सम्मान प्रकट हुनुका साथै यस्ता व्यवस्थाका लागि आवश्यक पर्ने साधनस्रोतको विनियोजन र व्यवस्थाका लागि पनि देशभित्र आम सहमतिको वातावरण हुनुपर्छ । दोस्रो संस्कृत भाषाका लागि क्रियाशील संस्थाहरूको स्तर पनि उक्त भाषाको विश्व गुरु हुने खालको कायम हुनुपर्छ । अध्ययन अध्यापन पद्धति शेष विश्वले अनुकरण र प्रशंसा गर्ने खालको हुनैपर्छ । माथि उल्लिखित चारैओटा मोडहरूबाट नेपालमा संस्कृत अध्ययन अध्यापन हुने वातावरण सृजना हुने गरी सोहीअनुरूपका जनशक्ति र साधनस्रोत पनि उपलब्ध हुुनुपर्छ । संस्कृत भाषाका केन्द्रहरूलाई अविच्छिन्न रूपमा आत्मनिर्भर, गतिशील र सक्षम संस्थाका रूपमा विकास गर्न व्यवस्थापकीय कौशलता पनि सोहीअनुरूप विकास हुन जरुरी छ । शिक्षालय व्यवस्थापनका आधुनिक विधि र पद्धतिलाई संस्कृतका केन्द्रहरूमा पनि अवलम्बन गर्नु जरुरी छ । नेपाललाई संस्कृतको केन्द्रका रूपमा स्थापना गर्ने हो भने यी केन्द्रमा अन्य देशका जनशक्तिहरूको पनि संलग्नता हुन आवश्यक देखिन्छ । यस्ता केन्द्रहरूका जनशक्तिहरूको चयनमा विश्वव्यापी प्रतिस्पर्धाको मान्यतालाई स्वीकार गर्न सक्नुपर्छ । ताकि बेलायतको नागरिक होस् या भारतको, चीनको नागरिक होस् या रूसको सबैले यस्ता केन्द्रहरूमा शिक्षक, व्यवस्थापक आदिका रूपमा सेवा गर्ने अवसर प्राप्त हुुनुपर्छ । अन्यत्र पनि कुलपति, उपकुलपतिहरू विश्व प्रतिस्पर्धाबाट छान्ने प्रचलन छ । नेपालको संस्कृत शिक्षामा पनि यसलाई लागू गर्न जरुरी छ । यसले एकातिर संस्कृत संस्थानहरूमा योग्य मानिसहरूको प्रवेशको शुरू हुन्छ भने अर्कोतर्फ नेपाली जनशक्तिलाई पनि थप सुधार हुने अवसर प्राप्त हुने देखिन्छ । विश्वमा संस्कृत विभागहरू सञ्चालन भइरहेका र सञ्चालन गर्न इच्छुक विश्वविद्यालयहरूमा नेपालबाट जनशक्ति आपूर्ति हुने गरी शैक्षिक गतिविधिहरूमा संलग्न हुनेगरी नेपाली जनशक्तिलाई सक्षम तुल्याउन आवश्यक देखिन्छ । बहुभाषामा पकड राख्ने संस्कृतका प्राध्यापकहरू तयार गर्नेगरी नेपाल संस्कृत विश्वविद्यालयको स्तरोन्नति यस अभियानको पूर्वशर्त हो । सारमा भन्नुपर्दा प्राकृत भाषाका जिज्ञासु विद्यार्थीहरू, हिन्दू र बौद्ध धर्मका अनुयायीहरू, भाषा र व्याकरणविद्हरू तथा प्रोटोइन्डोयूरोपेली भाषिक वृक्षको मान्यतामा क्रियाशील पश्चिमी जगत्का संस्कृत अध्येताहरूको आवश्यकता पूरा गर्ने गरी नेपालका संस्कृतका संस्थानहरूको स्तरोन्नति आजको आवश्यकता हो । कम्तीमा विश्वका हरेक संस्कृत विभागहरूमा नेपाली शिक्षकहरू होऊन् र नेपाल संस्कृत विश्वविद्यालयमा विश्वका रहेक देशका विद्यार्थी होऊन् । ती विद्यार्थीलाई तिनकै भाषामा संस्कृत पढाउने जनशक्ति हाम्रो देशमा उपलब्ध होस् । नेपाल संस्कृत विश्वविद्यालयको पुनःसंरचना र स्तरोन्नति यस अभियानको पूर्व शर्त हो । यत्ति गर्न सक्ने हो भने संस्कृत शिक्षाको निर्यात नेपालको समृद्धको भरपर्दो आधार बन्ने निश्चित छ । लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

त्रिविका पूर्व शिक्षाध्यक्ष कमलप्रकाश मल्लको निधन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ ।  अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  उहाँले भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन...