कामपा चीनको शैलीमा विकास गर्न अघि बढेको छ

उच्च अदालत पाटले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको भए पनि काठमाडौं महानगरपालिकाले त्यसलाई निरन्तरता दिएको छ । आइतबार अदालतको आदेश आए पनि सोमबार टुकुचा उत्खनन अभियान जारी राख्दै महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । उत्खननस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु …

सम्बन्धित सामग्री

बागलुङको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्षअघि निर्माण शुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ ।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैंचा बनाउन लागिएको छ । आकर्षक शैलीमा निर्माण गरिएको बुद्ध विहारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेका छन् । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करीब रु एक करोडको लागतमा निर्माण भएको हो ।  यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालिएको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए । करीब १५ रोपनी क्षेत्रफलमा फैलिएको सो विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको उनको भनाइ छ । विहार क्षेत्रमा पर्यटकको सुविधाका लागि प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैंचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैंचा बनाउने र प्रतीक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउँछन् । ‘बजेट अभावले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सकिएको हो,’ उनले भने ।   नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बुद्ध विहारका लागि नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता भण्डारी अन्य संरचना निर्माणमा जोड दिइएको बताउँछन् । रासस

विकासको साझेदार बैंक: पूँजीलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकता

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा बैंक, वित्तीय संस्थासँग रहेको निक्षेपको अनुपात १०७ दशमलव २५ प्रतिशत र जीडीपीको तुलनामा बैंकहरूको कुल कर्जा प्रवाह ९० दशमलव ६५ प्रतिशत पुगेको छ । यी दुई तथ्यांकले देशको आर्थिक विकासमा बैंक, वित्तीय संस्थाको भूमिका कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ । सँगसँगै बैंकमार्फत भएको पूँजी परिचालनको तुलनामा देशको आर्थिक वृद्धि र जीडीपीको आकार बढ्न नसकेकाले वित्तीय क्षेत्रको पूँजी सही दिशातर्फ केन्द्रित हुन सकेन कि भन्ने बहस पनि शुरू भएको छ । बैंकहरूको पूँजी विशेष गरी उपभोग्य वस्तुको आयात, घरजग्गा, सवारीसाधन, शेयरबजारलगायत क्षेत्रमा बढी केन्द्रित भएको र यसले गर्दा वास्तविक अर्थतन्त्र विकास हुन नसकेको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने विषयमा बहस हुन थालेको छ ।  वित्तीय पहुँचमा उपलब्धि विश्वमा बैंकिङ प्रणाली शुरू भएको करीब ८ सय वर्षपछि मात्र नेपालमा शुरू भएको पाइन्छ । १९९४ साल कात्तिक ३० गते नेपाल बैंकको स्थापनाबाट शुरू बैंकिङ क्षेत्र २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापनापछि व्यवस्थित रूपमा अघि बढेको हो । एउटा वाणिज्य बैंकबाट मात्र गाउँगाउँमा सेवा पुर्‍याउन नसक्ने भन्दै राष्ट्र बैंककै पहलमा २०२२ सालमा सरकारले राष्ट्रिय वाणिज्य बैंक स्थापना गर्‍यो । यसअघि २०१६ सालतिर कृषिलाई औद्योगिकीकरणमा लैजाने उद्देश्यसहित औद्योगिक विकास निगम (एनआईडीसी) स्थापना भएको थियो ।  कृषिप्रधान देश भएकाले कृषिक्षेत्रको विकासका लागि २०२४ सालमा कृषि विकास बैंक स्थापना भयो । निजीक्षेत्रको बैंकका रूपमा भने २०४१ सालमा पहिलोपटक विदेशी संयुक्त लगानीको नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक लिमिटेड) स्थापना भएको हो । त्यसपछि स्वदेशी र विदेशी लगानीका इन्डोस्वेज बैंक र ग्रिन्डलेज बैंक खुले । यी बैंकमार्फत नेपालमा अमेरिकी तथा यूरोपेली बैंकिङ संस्कृति भित्रियो । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि निजीक्षेत्रका बैंक पनि खोल्नुपर्छ भनेर नीति आयो । फलस्वरूप सन् २०११ सम्ममा लाइसेन्स पाएको अन्तिम बैंक सेन्चुरीसम्म आइपुग्दा वाणिज्य बैंकको संख्या ३२ पुग्यो । यसैगरी ९० हाराहारी विकास बैंक र सोही हाराहारी फाइनान्स कम्पनी स्थापना भए । बैंक, वित्तीय संस्थाको पहुँचमा नपुगेका वर्गमा वित्तीय पहुँच पुर्‍याउन लघुवित्त विकास बैैंक स्थापनाको नीति आयो । लघुवित्त वित्तीय सेवा दिने संस्था पनि ९३ ओटा खुले । तर, २०६८ सालदेखि नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको संख्या घटाएर बलियो र थोरै संस्था बनाउने योजनाअनुसार अघि सारेको मर्जर नीतिपछि बैंकहरूको संख्या घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या २०८० असार मसान्तमा ११२ छ । यसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक छ । बैंक, वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५८९ पुगेको छ । त्यसमध्ये वाणिज्य बैंकका शाखा ५ हजार ४९, विकास बैंकका १ हजार १२८, फाइनान्स कम्पनीका २८४ र लघुवित्तका ५ हजार १२८ पुगेका छन् ।  देशभरका ७५३ स्थानीय तहमध्ये ७५२ मा वाणिज्य बैंकको शाखा पुगेको छ । लघुवित्तलाई छोड्दा पनि बैंक, वित्तीय संस्थामा ५ करोड ११ लाख बचत खाता र १८ लाख ४५ हजार ऋण खाता पुगेका छन् । बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तारसँगै बैंकमा बचत गर्ने, बैंकबाट ऋण लिएर व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ । पहुँच विस्तारसँगै नेपालको विकासमा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण देखिएको पूर्वबैंकर तथा फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहाल बताउँछन् । ‘आर्थिक विकासलाई तुलनात्मक अध्ययन गर्ने हो भने जहाँ बैंकहरू पुगेका छन् त्यहाँ आर्थिक गतिविधि एकदमै बढेको देखिन्छ,’ दाहालले भने, ‘अब बैंक शाखा पुगेका स्थानमा उद्यमशीलता विकास गर्न स्थानीय तह, बैंक र निजीक्षेत्र मिलेर सहकार्य गर्न सकिने वातावरण बनेको छ ।’ सरकार, उद्योगी व्यवसायी र बैंक तीनओटै पक्ष मिलेर सम्भाव्य क्षेत्रको पहिचान गर्ने र त्यसमा बैंकले लगानी गर्ने हो भने उत्पादन बढाउन, आयात प्रतिस्थापन गर्न र निर्यात गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने उनी बताउँछन् । लगानी बढ्दो, उपलब्धि कम  राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७९/८० सम्ममा बैंक वित्तीय संस्थामा कुल ६ खर्ब ८३ अर्ब पूँजी लगानी भइसकेको छ । यसबाहेक बैंकहरूले सर्वसाधारणसँग ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी परिचालन गरेका छन् । त्यसमध्ये ४८ खर्ब ७३ अर्ब रुपैयाँ सर्वसाधारणलाई कर्जा प्रवाह गरेका छन् । बैंकहरूले सरकारी ऋणपत्र, शेयर बजारलगायतमा गरेको लगानीको अंश पनि ठूलो छ ।  तर, वित्तीय क्षेत्रबाट अर्थतन्त्रमा खर्बौं लगानी हुँदा पनि वास्तविक अर्थतन्त्रको विकास तीव्र रूपमा हुन नसकेको र बैंकहरूको लगानी आर्थिक विकासका लागि भन्दा पनि उपभोगमा बढी खर्च भएको भन्दै विश्लेषण हुन थालेको छ । यसैका कारण सरकार र राष्ट्र बैंकले पछिल्ला नीतिहरूमा बैंकिङ पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नेतर्फ प्राथमिकता दिन थालेको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिमै उल्लेख गरी कृषि, ऊर्जा, साना तथा मझौला उद्यम र विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने भनेर क्षेत्रगत सीमा नै तोकिदिएको छ । जसअनुसार २०८३ असारसम्ममा वाणिज्य बैंकहरूले कृषिक्षेत्रमा कुल कर्जाको १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत, लघु, घरेलु, साना एवं मझौला उद्यम क्षेत्रमा १५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । यसैगरी कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा २०८३ असारसम्ममा विकास बैंकले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र वित्तीय संस्थाले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधान छ । यसैगरी सबै बैंक वित्तीय संस्थाले कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।  सबै क्षेत्रमा गरी बैंकहरूको लगानीमध्ये ४५ प्रतिशतसम्म कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न केन्द्रीय बैंकले निर्देशन दिँदै आएको छ । तर, त्यसअनुसार कर्जा प्रवाह हुन नसकेको र कर्जा प्रवाह भएअनुसार ती क्षेत्रबाट प्रतिफल आउन नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पनि बैंकहरूको लगानीको तुलनामा वास्तविक क्षेत्रको विकास हुन नसकेको स्वीकार गर्छन् । ‘सरकार र नेपाल राष्ट्र बैंकले बैंकहरूको पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी होस् भनेर त्यसै अनुसारका नीति तथा कार्यक्रम अघि बढाउँदै आएको छ,’ उनले भने, ‘तर, बैंकहरूको लगानीअनुसार केही क्षेत्रको विकास नभएकाले बैंकको लगानीबाट प्राप्त उपलब्धिमा प्रश्न गर्ने आधार भने छ ।’ राष्ट्र बैंकले आफ्नो नीतिबाट बैंकिङ स्रोत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न केन्द्रित गरिरहेको समेत उनले दाबी गरे । यसैगरी सरकारले कृषिलगायत क्षेत्रमा बैंकहरूको लगानी बढाउन ब्याज अनुदानसमेत दिँदै आएको छ । तर, ती क्षेत्रबाट लगानीअनुसार प्रतिफल नआएपछि सरकारले पनि यसलाई पुनरवलोकन गर्ने चालू आवको बजेटमा घोषणा गरेको छ ।  पूर्वबैंकर दाहाल पनि अहिले विप्रेषण रकमबाट आयात गरेर खाने प्रवृत्तिले देशको अर्थतन्त्र विकास हुन नसकेको भन्दै यसलाई परिवर्तन गर्न सरकारको नीति तथा वित्तीय क्षेत्रको सहकार्यमा जोड दिन्छन् । परनिर्भर बन्दै गएको अर्थतन्त्रको परिवर्तनका लागि कृषि, जलस्रोत, पर्यटन, शिक्षालगायतको सम्भावनायुक्त क्षेत्रमा जोड दिनुपर्ने उनको सुझाव छ । सम्भावनाका क्षेत्रहरूमा लगानी बढाउन पूर्वाधारका लागि हामीसँग भएको पूँजीले मात्र नपुग्ने भएकाले विदेशबाट पनि ल्याउनुपर्ने र त्यसका लागि सरकारी नीति र कर्मचारीको काम गर्ने शैलीमा समेत सुधार आवश्यक रहेकोमा उनले जोड दिए ।

विप्रेषण आप्रवाह घटे अर्थतन्त्र धराशयी हुन्छ ?

वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भइरहेको छ । तर, विदेशी भूमिमा ज्यान गुमाउने नेपालीहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । विदेशी मुलुकप्रतिको निर्भरता बढ्दै गएको देखिन्छ । विप्रेषणबाट विदेशी मुद्रा कमाउन सकिन्छ यो कुरा सत्य हो । यसबाट विदेशी मुद्राको सञ्चिति पनि बढाउन सकिन्छ । तर, विगतको कोभिड–१९ ले यसो नहुन सक्ने तथ्य पनि देखाइदिएको छ । कोरोनाको असर पर्यटनमा पनि पर्‍यो । त्यसबाट विदेशी मुद्रामा चाप पर्‍यो । आयात नघट्दा अर्थतन्त्रमा चौतर्फी दबाब सृजना भयो । विप्रेषण भनेको परिर्वत्य वा अपरिवत्र्य विदेशी मुद्राको आप्रवाह अर्थात् राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा हुने रकमान्तर वा स्थानान्तरण नै हो । यसले विगतमा कुल गार्हस्थ्य उत्पादनको करीब ३० प्रतिशत बराबरको हिस्सा ओगटेको छ । कोभिडको असर र अन्तरराष्ट्रिय आर्थिक मन्दी पछि यो हिस्सा करीब २१ प्रतिशतमा झरेको थियो । अर्थतन्त्रमा विप्रेषणको निर्भरता हेर्दा नेपाल विश्वको ५ र्औ मुलुकमा पर्छ । यसले नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर छ भन्ने देखाउँछ । विप्रेषण आप्रवाह कम भयो भने अर्थतन्त्र धराशयी हुन्छ त ? भन्ने प्रश्न आम व्यक्तिमा उब्जेको छ । यदि विप्रेषणका वैकल्पिक उपायहरूको खोजी गर्ने हो भने अर्थतन्त्र धराशयी हुँदैन । स्वदेशमा उद्योगधन्दाको विकास, कृषिक्षेत्रको आधुनिकीकरण, पर्यटन, जलस्रोतलगायत उत्पादनमूलक क्षेत्रको विकासबाट स्वदेशमा नै रोजगारीको अवसर सृजना भए वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउने कुरामा कसैको दुईमत नहोला । तर, कृषि र उद्योगको उत्पादनमा लगानी बढाउने र उत्पादनसमेत बढाउने तथा रोजगारी सृजना गर्ने कुरा ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै भएको छ ।  सन् १९८० को दशकदेखि शुरू भएको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक एकीकरण सँगसँगै विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पूँजी प्रवाहमा वृद्धि भएको पाइन्छ । नेपालबाट पनि विगत २ दशकयता तेस्रो मुलुक (खासगरी मलेशिया र खाडी मुलुक) तर्फ वैदेशिक रोजगारका लागि जानेको संख्या र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै गएको छ । हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुला गरेको छ भने ८ देश (कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजरायल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रमसम्झौता गरेको छ । व्यक्तिगत श्रमस्वीकृतिमा १७२ मुलुकमा नेपालीहरू कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजगार खुला गरिएका मुलुकमध्ये दक्षिण कोरियामा सरकारी सम्झौताअनुरूप कामदार पठाइएको पाइन्छ । जापानलगायत देशसँग पनि रोजगारीका लागि सरकारी स्तरमा कामदार पठाउने श्रम सम्झौता गरिसकिएको छ भने उक्त सम्झौता क्रमश: कार्यान्वयनको चरणमा रहेको देखिन्छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरूको प्रमुख गन्तव्य खाडीका मुलुकहरू नै रहेका छन् ।  विप्रेषण अहिलेका लागि त ठीक होला तर दीर्र्घकालीन रूपमा यसमै भर पर्ने अवस्था आउने हो भने यसले डच डिजिजको रूप लिने सम्भावना देखिन्छ । तत्काल विप्रेषण बन्द भयो भने अर्थतन्त्रमा जटिल समस्या पैदा हुने कुरा यथार्थ भए तापनि कृषि र साना तथा मझौला उद्योगको विकास गर्न सकिएन भने चाहिँ साँच्चिकै समस्या भयावह हुन सक्छ । एकै क्षेत्रमा अत्यधिक निर्भर हुनु नै डच डिजिज हो । सन् १९५९ मा नेदरल्यान्ड्समा एउटा प्राकृतिक ग्यास भण्डार फेला परेपछि उक्त देशमा उत्पादनमूलक क्षेत्र खुम्चिएको घटनालाई अर्थतन्त्रमा कुनै एक क्षेत्रमा ज्यादा निर्भर हुँदा विदेशमा सिकेको ज्ञान र शीपलाई यहीँ व्यवहारमा लागू गरेर उद्यमी बन्नेको संख्या पनि मनग्य छ जसले अर्थतन्त्र र नेपाली जीवन शैलीमा समेत सकारात्मक प्रभाव पारेको छ । तर, विप्रेषणबाट प्राप्त अधिक रकम उत्पादनमूलक क्षेत्रमा खर्च नभई अनुत्पादक क्षेत्रमा खर्च बढेकाले अर्थतन्त्रमा दीर्घकालीन लाभ हुन नसक्ने देखिन्छ । कथंकदाचित् त्यो क्षेत्र समस्या परेमा अर्थतन्त्रमा गम्भीर असर पर्ने कुरालाई डच डिजिजको रूपमा व्याख्या गरिएको छ । त्यसैले एउटै मात्र स्रोतमा निर्भर हुनु हुन्न भन्ने मानिन्छ ।  सधैंभरि विप्रेषणमा निर्भर हुनु भनेको अन्य मुलुकमाथिको निर्भरता बढाउनु हो । नेपालमै कृषि तथा मझौला एवं साना उद्योगको विकास नहुँदा र कृषिमा आधुनिकीकरण नहुँदा आज हजारौं मानिस रोजगारीका लागि विदेश पलायन हुनु परेको देखिन्छ । नेपालमा विप्रेषणमाथिको निर्भरता हरेक वर्ष बढिरहेको छ । विगत १० वर्षमा नेपालको विप्रेषण कम्तीमा वार्षिक ६ प्रतिशत र बढीमा ९ देखि १० प्रतिशतसम्म बढेको देखिन्छ । श्रमस्वीकृति लिनेहरूको संख्या दिनप्रतिदिन बढेको र वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको देखिन्छ । दैनिक २५ सयदेखि ३ हजारसम्मले नेपाल छाडेको अनुमान छ । विगतमा रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक हुने गरेको भए तापनि हाल जापान, अमेरिका, कोरिया, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली ठूलो संख्यामा गइरहेका छन् ।  नेपालमा उद्योगधन्दा खोली तथा भएका उद्योगको क्षमता बढाई रोजगारीको अवसर स्वदेशमा नै सृजना गर्नुपर्ने हो । तर, देशमा काम गर्ने वातावरण नभएर युवाहरूमा नैराश्य छाएको छ र विदेशिने क्रम बढेको छ जुन मुलुकका लागि गम्भीर समस्या हो । देशमा रहेका युवालाई आर्थिक कारोबार गर्न सहज वातावरण बनाउन सकेमा युवा जनशक्तिले देशमा नै रोजगारीको अवसर पाउने थिए । विदेशिने क्रम कम भई विप्रेषणप्रतिको निर्भरता केही हद घट्दै जाने थियो । विप्रेषण पठाउने जनशक्तिलाई स्वदेशमा नै उद्योगधन्दाको विकास गरी रोजगारी दिन सकेको खण्डमा भविष्य सहज हुने र श्रम जनशक्तिसमेत गुमाउनुपर्ने थिएन । त्यसैले उनीहरूलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रतर्फ अग्रसर गराउन सम्बद्ध निकायको ध्यान बेलैमा जानु जरुरी छ । विप्रेषणबाट राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र आर्थिक वृद्धिसमेत हुने भए तापनि दीर्र्घकालका लागि यो गम्भीर समस्या हो । यसरी विप्रेषणले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको देखिए तापनि प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर बनाएको छ । बढ्दो निर्भरता, आयातमुखी अर्थतन्त्रको विकास, दिगो आर्थिक विकासमा अवरोध, देशलाई चाहिने आवश्यक जनशक्तिको पलायन, मुद्रास्फीतिमा वृद्धि, आन्तरिक बसाइँसराइ र जनसंख्या असन्तुलन, अनुत्पादक क्षेत्रमा लगानीजस्ता नकारात्मक परिणाम वैदेशिक रोजगारीले दिइरहेको छ ।  आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा मात्रै कुल रू.१२ खर्ब २० अर्ब ५६ करोडभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव २ प्रतिशतले बढी हो । विप्रेषणका कारण शोधनान्तर स्थिति बचतमा रहे तापनि चालू खाता घाटा भने बढेको छ । उत्पादनमूलक उद्योगमा आएको शिथिलता, लगानीमैत्री वातावरणको अभावलगायतले देशमा रोजगारीको अवस्था गुम्दै गएकाले वैकल्पिक रोजगारीको माध्यम नै वैदेशिक रोजगार बन्न गएको छ ।  वैदेशिक रोजगारीका सकारात्मक पक्षहरू पनि छन् । विदेशमा सिकेको ज्ञान र शीपलाई यहाँ व्यवहारमा लागू गरेर उद्यमी बन्नेको संख्या पनि मनग्य छ जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै नेपाली जीवन शैलीमा समेत सकारात्मक प्रभाव पारेको छ ।  विप्रेषणबाट प्राप्त अधिक रकम उत्पादनमूलक क्षेत्रमा खर्च नभई अनुत्पादक क्षेत्रमा खर्च बढेकाले अर्थतन्त्रमा दीर्घकालीन लाभ हुन नसक्ने देखिन्छ । धेरै मानिस विदेशिँदा देशमा श्रमशक्तिको चरम अभाव एकातर्फ छ भने अर्कोतर्फ स्वदेशमा उत्पादनशील जनशक्तिको अभाव छ । युवा जनशक्तिको अभावले गाउँघर पातलिँदै गएको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएका मानिस अलपत्र पर्ने, काम नपाउने, सम्झौताबमोजिमको काम नपाउने, श्रमशोषणमा पर्ने, यौन दुव्र्यवहार, आर्थिक शोषण, रोजगारीको क्रममा ज्यान गुमाउने जस्ता घटना पछिल्लो समय बढ्दै गएको देखिन्छ । तसर्थ विप्रेषणको वैकल्पिक उपाय खोज्न ढिला भइसकेको छ । वैकल्पिक उपायले अर्थतन्त्र धराशयी हुनबाट रोकी दीर्घकालीन रूपमा दिगो आर्थिक विकास हुने देखिन्छ । यसका लागि शीपयुक्त जनशक्तिको विकास गर्ने, औद्योगिक, कृषि, पर्यटन र जलस्रोतको विकास गरी स्वदेशमा नै रोजगारी सृजना गर्ने, उद्यमशीलताको विकास गर्ने, अन्तरराष्ट्रिय बजार सुहाउँदो श्रम शक्तिको विकास गर्ने, व्यावसायिक तालीमलाई जोड दिने, सीमान्तकृत वर्गको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पहुँच बढाउने जस्ता कार्य गरिनुपर्छ । त्यस्तै बैंकहरूले निकासीसम्बन्धी उद्योग र कृषिक्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । आन्तरिक उत्पादन बढाई निर्यात बढाउने, भौगोलिक बनावटअनुरूपको विकास नीति बनाई स्वदेशमा नै योग्यता र दक्षताको आधारमा रोजगारी दिलाई युवा पलायन र ब्रेन ड्रेनको समस्या हल गर्ने जस्ता कार्यमा सरकार लाग्नुपर्छ । वैदेशिक रोजगारीलाई व्यावहारिक रूपमा गतिशील बनाई स्वदेशमा रोजगारको अवसर सृजना गर्न सरकार, वैदेशिक रोजगार व्यवसायीलगायत सरोकारवाला सबैको बेलैमा ध्यान जानु अपरिहार्य भइसकेको छ । त्यस्तै वैदेशिक रोजगारीकै कारण नेपालको उत्पादकत्व घट्दै गएको, स्वदेशमा रहेका आश्रित परिवारको काम गर्ने जाँगर र जोसमा ह्रास देखिएको, सम्बन्धविच्छेद र कलह बढ्दै गएको, घडेरी कारोबारमा वृद्धि भई शहरकेन्द्रित हुँदा ग्रामीण अर्थतन्त्र कमजोर भएको देखिन्छ । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष: प्रविधिको बहुआयामिक योगदान

काठमाडौं । प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनसँगै उद्योग व्यवसायले आफूलाई त्यहीअनुरूप ढाल्दै लगेका छन् । औद्योगिक प्रतिष्ठान एवं व्यावसायिक घरानाहरूले उत्पादन प्रक्रिया, विक्रीवितरणको शैली, सञ्चार सम्पर्कलगायत कार्यपद्धतिसँग सम्बद्ध सबै कुरामा व्यापक परिवर्तन ल्याइसकेका छन् । मानिसको सट्टा मेशिन, उपकरणको प्रयोगले वस्तुको उत्पादन लागत घटाएको छ । मानिसले दशौं दिन वा महीनौं लगाएर गर्ने कामलाई प्रविधि प्रयोगबाट केही घण्टा वा दिनभरिमा गर्न सकिने भएको छ ।  साथै मेशिनबाट उत्पादन गर्दा मान्छेबाट जस्तो त्रुटिको सम्भावना पनि नरहने व्यवसायी बताउँछन् । मेशिनलाई जुनसुकै बेला पनि चलाउन र उत्पादन लिन सकिने हुँदा आवश्यक समयमा त्यसबाट उत्पादन लिन र अन्य समयमा बन्द राख्न सकिने सुविधा हुन्छ । मान्छेको प्रयोग गर्दा हुने चोटपटक दुर्घटना वा बिरामी र खर्च यन्त्र उपकरणको प्रयोगमा बेहोर्नु पर्दैन । उत्पादन लागत कटौतीदेखि, माग सर्वेक्षण, प्रचारप्रसार, व्यावसायिक मिटिङ/बैठक, डकुमेन्टेशन, ज्ञान आर्जन, भुक्तानीलगायत व्यवसायका सबैजसो आयाममा प्रविधिले सहजता र प्रभावकारिता थपेको छ । प्रविधिको प्रयोग अहिले कृषि, खानी, पोशाक उत्पादन गर्नेलगायत सबै उद्योग, कच्चा पदार्थ उत्पादन, संकलन, ढुवानीदेखि तिनलाई उपभोक्तासम्म पुर्‍याउनेसम्मको काममा भइरहेको छ । व्यवसायीका अनुसार आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्न गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार औद्योगिक क्षेत्रमा प्रविधिको विकासले धेरै राम्रो परिणाम दिइरहेको छ । लागत घट्न गएको छ । उत्पादन पनि बढेको छ । ‘तर, हामीकहाँ नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जान्ने दक्ष जनशक्तिको अभाव खड्किरहेको स्थिति छ,’ उनले भने ।  विक्रीवितरण र बजारीकरणको कार्यमा पनि प्रविधि प्रयोग व्यापकरूपमा बढेको देखिन्छ । पहिलेको जस्तो विभिन्न ठाउँमा गएर/घुमेर माग संकलन गर्ने स्थिति अहिले छैन । न त सबै उपभोक्ताको पायक पर्ने ठाउँमा पसल राख्ने र त्यहीँबाट विक्रीवितरण गर्ने अवस्था नै छ । अचेल अनलाइनमार्फत माग संकलन हुन्छ । उद्योगहरूले डिमान्ड हेरेर सोहीअनुसार वस्तु ढुवानी गरिरहेका हुन्छन् । यसरी विक्रीवितरण गर्दा थोरै मान्छेबाट पनि काम सम्पन्न गर्न सकिन्छ । प्रविधिको यस किसिमको प्रयोगले एकातिर जनशक्तिको थोरै प्रयोग भइरहेको हुन्छ भने अर्कोतर्फ समयको बचत पनि भइरहेको छ ।  उद्योग व्यवसायको सञ्चार सम्पर्क स्थापित गर्ने तरीका पनि फेरिएको छ । पहिले व्यवसाय विस्तारको लागि भेटघाट वा पत्राचारबाट सम्पर्क गर्नुपर्ने स्थिति थियो । अहिले त्यसमा व्यापक परिवर्तन आएको छ । टेलिफोनको प्रयोग अलि पहिलेदेखि नै भइरहे पनि अहिले सबैका हातमा पुगेका स्मार्टफोनले सञ्चार सम्पर्कलाई निकै सहज र सरल बनाइदिएका छन् । वाइफाईको विस्तार एवं मोबाइल डेटाबाट फेसबुक, ह्वाट्सएप, इमेलको प्रयोग बढेको छ । अहिले धेरैजसो व्यावसायिक क्षेत्रमा यिनै माध्यमबाट सञ्चार सम्पर्क स्थापित भइरहेको छ । यस किसिमले छोटो समयमै सम्पर्क स्थापित गर्न सकिने माध्यमले उद्योग व्यवसायको प्रभावकारी सञ्चालनमा योगदान गरिरहेका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे सूचनाप्रविधिमा भएको विकासले अपरेशन प्रक्रियामा सुधार ल्याएको बताउँछन् । ‘अहिले सञ्चारमाध्यममा धेरै प्रगति भएको छ, जसको लाभ व्यावसायिक जगत्लाई भएको छ । नयाँ नयाँ सफ्टवेयर विकासले सहजता प्रदान गरेको छ । डिजिटल वालेटको प्रयोग पनि बढ्दो क्रममा छ,’ उनले भने । प्रविधिको विकास र विस्तारसँगै व्यावसायिक ज्ञान आर्जन गर्नको लागि किताब पढ्नैपर्ने वा भौतिक रूपमा कुनै ठाउँमा सहभागी भएर कक्षा लिनुपर्ने अवस्था पनि अहिले छैन । युट्युब, अनलाइन वा गूगल गरेर धैरै कुरा पत्ता लगाउन सकिन्छ । यी सञ्जालमा व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान प्रशस्त मात्रामा उपलब्ध छ । आफूलाई आवश्यक परेको विषयमा जुनसुकै बेला ज्ञान आर्जन गर्न सकिन्छ । यसरी प्राप्त गर्न सकिने नयाँनयाँ ज्ञानले व्यवसायको विस्तार एवं उद्योगको सुसञ्चालनमा मद्दत पुग्न गएको छ । कक्षाकोठामै सहभागिता जनाउन पनि जुम सजिलो माध्यमको रूपमा देखिएको छ । जुममार्फत भौतिक रूपमै उपस्थितिको आभास हुने र समयको बचत हुने गर्छ । विभिन्न समयमा व्यावसायिक साझेदारहरू, वित्तीय लगानीकर्ता वा ग्राहक वर्गसँग हुने मिटिङ पनि जुमकै माध्यमबाट गर्न सकिन्छ । यसबाट समयको साथै पैसाको पनि बचत भएको छ । प्रविधिको विकासले बैंकिङ क्षेत्रमा अवलम्बन भएको अनलाइन पेमेन्ट सिस्टमले व्यवसायीलाई कारोबारमा सहजता देखिएको छ । व्यावसायिक गतिविधि सञ्चालनका लागि पैसा बोकेर जाँदा हुने जोखिमबाट उनीहरू जोगिएका देखिन्छन् । यसले चेकको कारोबारमा पनि उल्लेख्य मात्रामा कमी ल्याइदिएको छ ।  औद्योगिक एवं व्यावसायिक संस्थाको कार्यालय व्यवस्थापनका लागि कागजमा डकुमेन्टेशन गर्ने परिपाटीको लगभग अन्त्य भएको छ । कम्प्युटर र ल्यापटपमा अहिले सबै कुराको डकुमेन्टेसन भइरहेको छ । यसबाट स्थानको बचत हुनुका साथै चाहिएको बेला जुनसुकै ठाउँमा पनि सजिलैसँग डकुमेन्टेशन भएका कुराहरू एवं तथ्य, तथ्यांक हेर्न सकिने सुविधा छ ।  अहिले आफ्नो उत्पादनको बजार माग केकस्तो छ भन्ने कुरा व्यवसायीले सामाजिक सञ्जालबाटै पत्ता लगाइरहेका छन् । उनीहरूले कुन वस्तुको माग बजारमा बढी छ र आफ्नो उत्पादनमा केकस्ता सुधारको खाँचो छ भन्ने कुरा बुझ्न पनि प्रविधिकै प्रयोग गरिरहेका छन् । प्रविधिको व्यापक प्रयोगले विभिन्न ठाउँमा घुमेर, क्रेतासँगको प्रत्यक्ष सम्पर्कद्वारा वा विभिन्न एजेन्सीमार्फत माग पत्ता लगाउने तरीका उल्लेख्य रूपमा घटेको छ । प्रविधि प्रयोग गरेर बजारको अवस्था बुझ्न सम्भव भएपछि एकातिर पैसा बचत भएको छ भने अर्कोतिर छोटो समयमै बजार अवस्थाको ज्ञान प्राप्त हुँदा आवश्यक सुधार गरी बजार सृजना गर्न र बचाइ राख्न टेवा पुगेको देखिन्छ ।  अहिले प्रचारप्रसारको शैलीमा पनि व्यापक परिवर्तन आएको छ । पहिले ठाउँठाउँमा विभिन्न किसिमका कार्यक्रम गरेर, माइकिङ गरेर, सडक र टोलटोलमा पर्चा पम्पलेट राखेर प्रचारप्रसार गर्ने गरिन्थ्यो । त्यस्तै प्रचारप्रसारका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र प्रयोग हुने गरेकोमा अहिले अवस्था फेरिएको छ । परम्परागत रूपमा गरिने प्रचारशैलीमा उल्लेख्य कमी आएको छ । सामाजिक सञ्जालहरू प्रचारप्रसारका लागि व्यापक रूपमा प्रयोग हुने गरेका छन् । यसको अतिरिक्त अनलाइन न्युजपोर्टल र टेलिभिजनको प्रयोग पनि निकै ठूलो मात्रामा भइरहेको छ । बजारमा ठाउँठाउँमा डिजिटल बोर्डबाट पनि प्रचारप्रसार भइरहेको देख्न सकिन्छ । प्रचारप्रसारको लागि श्रव्य–दृश्य माध्यमका साथै सबैले सबै ठाउँमा लग्न मिल्ने र देख्न सकिने माध्यम प्रयोग गर्दा प्रभावकारिता बढेको व्यवसायी बताउँछन् । समग्रमा हेर्दा नयाँ अर्थतन्त्रको स्वरूपमा प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । प्रविधि प्रयोगबाट उद्योग व्यवसाय उल्लेख्य मात्रामा फस्टाउनुका साथै सञ्चालन सजिलो भएको छ । जनशक्तिको ठाउँ प्रविधिले लिँदा र समय बचत हुँदा लागत घट्न गई पैसाको पनि बचत भएको छ । वस्तुको उत्पादन र बजारीकरणको प्रक्रिया छिटो सम्पन्न भइरहेको छ । गुणस्तरमा पनि प्रविधि प्रयोगले सुधार आइरहेको व्यवसायी बताउँछन् । यी सबै किसिमका प्रविधिको सकारात्मक प्रभावले छोटो समय र कम लागतमा बढी मुनाफा आर्जन गर्ने स्थिति बनेको छ ।  प्रविधिको जुन गतिमा विकास भइरहेको छ, यसबाट आगामी दिनमा औद्योगिक एवं व्यावसायिक क्षेत्रले थप फाइदा लिन सक्ने देखिन्छ । त्यसबाट उद्योग व्यवसाय सञ्चालन सजिलो हुनुका साथै व्यवसायको विकासमा पनि टेवा पुग्नेछ । व्यवसायीले प्रविधि कि जनशक्ति भन्ने कुराको छनोट तुलनात्मक अध्ययनको आधारमा गर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छा बताउँछन् । ‘प्रविधिको प्रयोग गरेर परम्परागत तरीकाभन्दा सस्तोमा उत्पादन लिन सकिन्छ । त्यही भएर यसको प्रयोग बढेको हो । आगामी दिनमा यो अझै विस्तार भएर जाने देखिन्छ,’ उपाध्यक्ष गोल्छाले भने । विदेशका कतिपय ठाउँमा जस्तै नेपालमा पनि रोबोट प्रयोगमा आउन सक्ने अवस्था निर्माण हुँदै गएको व्यवसायी बताउँछन् ।

म्याराथन शैलीमा शिलान्यास र उद्घाटन

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले म्याराथन शैलीमा एकैदिन ४ विकास आयोजनाको शिलान्यास र उद्घाटन गरेका छन् । चुनाव नजिकिँदै गर्दा मन्त्री यादवको सक्रियता बढेको हो । उनले आफ्नो निर्वाचन क्षेत्रमा २ वटा सडक एवं एउटा पुलको शिलान्यास र कपिलवस्तु नगरपालिका–६, सगरहवामा निर्माण सम्पन्न भएको पुलको पनि बिहीबारै उद्घाटन गरेका हुन् ।

पाल्पा दरबार संग्रहालयमा पर्यटकको आकर्षण

पाल्पा । पाल्पा दरबार संग्रहालयमा पर्यटकको आकर्षण बढेको छ । संग्रहालयको प्रदर्शनी कक्षमा राखिएका संस्कृति झल्कने विभिन्न सामग्री अवलोकनका लागि पर्यटक आउने क्रम बढेको छ । पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत सो दरबारमा संग्रहालय सञ्चालनमा रहेको छ । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मङ्सिर ३ गते पाल्पा दरबारलाई संग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । संग्रहालयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यको रूपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताए । २०७३ फागुन १५ गते दरबार संग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायत संरचना थियो । पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा थियो । बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले २०१५ सालमा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । पाल्पा दरबार संग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार संग्रहालयमा देश तथा विदेशबाट पर्यटक अवलोकन गर्न आउने गरेको बताए । पहिला निकै पर्यटक आउने गरेकोमा अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उनको भनाइ छ । ऐतिहासिक महत्त्व बोकेको पाल्पा दरबार संग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ । पाल्पा दरबार संग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाक राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्वीर राखिएको छ । राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । रासस

यी दुई कारणले सम्भव भयो शेयर बजारमा 'बाउन्स ब्याक'

सोमबार शेयर बजार परिसूचक नेप्से इतिहास कै सबैभन्दा धेरै अंकले बढेको छ। आज नेप्से सूचक ५.७४ प्रतिशत अर्थात १६१.९४ अंकले बढेको हो । यो हालसम्म कै उच्च अंकको वृद्धि हो । आइतबार कारोबार समयमा नेप्से सूचक १४७.३१ अंकले घटेपछि सर्किट ब्रेक लगाईएको थियो । आइतबार बजार १०६ अंकको घटेर बन्द भएको थियो। तर आज सोमबार बजार बाउन्स ब्याक भएको हो । बजार बाउन्स ब्याक हुनको लागि २ विषयले काम गरेको बताईएको छ ।पहिलो अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच फोन वार्ताको समाचार ।  शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको र राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेको समाचार बाहिरिएको थियो । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको उल्लेख गरिएको थियो । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनिएको उल्लेख थियो ।  जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउने बताएको खबर आएपछि लगानीकर्ता आशावादी भएका हुन् । यो नै बजार बाउन्स ब्याक हुनुको मुख्य कारण रहेको बताईन्छ । दोस्रो विषय भने नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको ब्यबस्था बारे थप प्रष्ट पारेकोले लगानीकर्ताहरु त्यसबाट पनि केहि आशावादी भएको जानकार बताउछन् । मार्जिन कर्जाबारे भ्रम रहेको भन्दै राष्ट्र बैंकले प्रश्नोत्तर शैलीमा यसबारे थप प्रष्ट पारेको हो । राष्ट्र बैंकले आफ्नो वेबसाइटमा धेरै सोधिने प्रश्नमा 'के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ?' भन्ने प्रश्न राखेको छ  । त्यसको जवाफमा भनिएको छ 'उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।' यसले पनि केहि प्रोत्साहन मिलेको बताईन्छ । आज नै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकका प्रवक्तालाई ज्ञापन पत्र बुझाएको थियो । आज कारोबारमा आएका २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ६ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ४६ करोड ३० लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख , अपर तामाकोशीको २४ करोड ९२ लाख तथा नेशनल हाइड्रोको १९ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह ९.९२ प्रतिशत, फाइनान्स समुह ९.३४ प्रतिशत र तथा हाइड्रो पावर समुह ९.११ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका सबै १८५ कम्पनीको मूल्य बढेको छ ।

पर्यटकीय तथा धार्मिक स्थलमा पर्यटकको आकर्षण

दमौली । तनहुँका पर्यटकीय तथा धार्मिक स्थलमा पर्यटकको आकर्षण बढेको छ । जिल्लाका व्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो ।      नयाँ वर्षमा बन्दीपुरमा मात्रै १० हजार पर्यटक आएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए । हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको संख्या न्यून रहे पनि दिउँसोमा घुम्न आउने पर्यटक अत्यधिक रहेको जानकारी दिए । ‘बन्दीपुरमा वास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको संख्या उत्साहजनक छ,’ उनले भने, ‘नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चाडपर्व, सार्वजनिक बिदालगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।’      बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरि लगायत हिमशृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् । बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिनेगरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।      यस्तै जिल्लाको व्यास नगरपालिका–३ र ५ स्थित उद्यानमा पनि सर्वसाधारणको आकर्षण बढेको छ । रासस