काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मीहरु हटाइएको छ। यद्यपि उनको निगरानीका लागि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु निवासबाहिर तैनाथ छन्। उनको सुरक्षाका लागि खटिएका सेना र अन्य सुरक्षाकर्मीहरुलाई हटाइएको स्रोतले पुष्टि गरेको छ। ‘सवारी साधनहरु पनि फिर्ता लगिएको छ,’ स्रोतले भन्यो। आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी […]