पोखरा : मंगलवार कास्कीको पोखरा महानगरपालिकामा सरकारी गाडी सञ्चालनमा अवरोध भएको छ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले मंगलवारका लागि पोखरामा सरकारी गाडीलाई अवरोध गरेको हो।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो।त्यति वेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पङ्गेनीको गाडी पनि र