बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् । सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।प्रधान निर्दोष रहेको र उनलाई फसाउन खोजेको भन्दै यल जातीय समाजका २० सदस्य समाजहरु, नेपा भाषा मंका खलः, नेवा दे दबु यल, नेवा ग्वाली पुचः