मलेसिया र खाडीलगायत १८ देश जान भिजिट भिसा बन्द : ‘सेटिङ’ गर्ने अध्यागमन कर्मचारी, सास्ती पाउने सर्वसाधारण

अध्यागमनका कर्मचारीकै ‘सेटिङ’मा भिजिट भिसामार्फत खाडी र मलेसिया पुगेका सयौँ नेपाली उतै अलपत्र परेका छन् । तर, सेटिङमा संलग्न अध्यागमनका कर्मचारी र गिरोहमाथि छानबिन गर्नुको सट्टा गृह मन्त्रालयले ती देशमा भिजिट...

सम्बन्धित सामग्री

भिजिट भिसा व्यवस्थित गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न सरकारलाई निर्देशन

भिजिट भिसा केसमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना जेल चलान

काठमाडौं । भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना कारागार चलान भएका छन् । त्यस्तै, काठमाडाैं जिल्ला अदालतले उक्त प्रकरणमा अन्य ६ जनासँग धरौटी माग गरेकाे छ ।

भिजिट भिसा प्रकरण : अध्यागमन कार्यालयका प्रमुख हटाइए

काठमाडौं, भदौ २१ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताए। पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने […]

भिजिट भिसा प्रकरण : अध्यागमन कार्यालयका प्रमुख हटाइए

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ।तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताउनुभयो। पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने गरेकोबारे आन्तरिक छानबिन भइरहेको बताए। भिजिट भि

भिजिट भिसामा कडाई, पालना गर्नुपर्छ १९ बुँदे निर्देशन

गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा कडाइ गर्न थालेको हो । उक्त समस्या समाधानका लागि केही अघि …

अध्यागमनका ९ अधिकृत तानिए

काठमाडौँ । पर्यटक प्रवेशाज्ञा(भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृत फिर्ता गरिएका छन् । गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो । मानव तस्करलाई सघाएको देखिन आएको भन्दै मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन […]

विमानस्थल अध्यागमनमा लामो समय बसेका ९ जना कर्मचारीको सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा लामो समय बसेका ९ जना कर्मचारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । पुराना कर्मचारीलाई सरुवा गर्ने नीतिअनुसार शुक्रबार केही कर्मचारीलाई सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेशिया र खाडी मुलुकमा यात्रु पठाउन मानव तस्करलाई सघाएको आरोप उनीहरुमाथि लागेको छ ।विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा गरिएका अधिकृतहरूमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रा

भिजिट भिसामा '४० वर्ष' नियमको विरोध गर्दै अध्यागमन विभाग बाहिर प्रदर्शन

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै…

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो। विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत…