पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ नयाँ संक्रमित बनेका छन् भने १ हजार ४१६ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो ।