एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने सरकारी योजना जनघाती भएको बताएका छन् । उनले अध्यादेश मार्फत ल्याएको बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजनाप्रति गम्भिर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन् ।नेता नेपालले बजेटमै– ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ, निकासी गरिने खानीजन्य