आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिस भएका छन् । बिहीबार बसेको कांग्रेस दाङ १ को प्रदेश कार्यसमिति बैठकले चौधरीसहित ४ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।नेता चौधरीसहित, कृष्णकिशोर घिमिरे, प्रदीप थापा र अनुराग खड्कालाई सिफारिस गरेको छ । शुक्रबारबारे बस्ने क्षेत्रीय कार्यसमितिले आफ्नो नाम रायसहित सिफारिस गर्ने नेता चौधरीले बताए । ०७४ मा तत्कालीन एमालेबाट शहरी विकासमन्त्री मेटमणि चौधरी दाङ–१ बाट विजयी भएका थिए ।&