सहमति कि चुनाव : के भन्छन् एमाले प्रतिनिधिहरु ?

१० मंसिर, सौराह (चितवन) । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयनका लागि नेकपा एमालेका प्रतिनिधिहरु चितवनमा जम्मा भइसकेका छन् । शुक्रबार नारायणी नदी किनारमा […]

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम अधिवेशन : कञ्चनपुरमा केही पदमा सर्वसम्मत, कतै चुनाव स्थगित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।  २१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरीका पालिकामा...

घनश्याम भुषालले एमाले छोडे, माओवादीबाट चुनाव लड्ने

काठमाडौं, २२ असोज । घनश्याम भुषालले एमाले परित्याग गरेका छन् । पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नदिएपछि उनले एमाले त्यागेका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत भुषालले एमाले त्यागेको जानकारी दिएका हुन् । उनी माओवादी केन्द्रबाट रुपन्देही १ बाट चुनाव लड्ने बुझिएको छ । गठबन्धनमा माओवादीको भागमा परेको उक्त क्षेत्रमा प्रचण्डले भुषाललाई नै […]

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर […]

आगामी चुनाव एमाले भर्सेस गठबन्धन : विष्णु पौडल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन्।आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन्।'नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,' उनले भने, 'एमालेविरुद्धमा चुनाव लड्ने दुई खु

‘एक्लै चुनाव भिड्ने’ भनेको एमाले धमाधम तालमेलमा

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनविरुद्ध आफ्नो दल एक्लै काफी रहेको बताएका थिए । तर, चुनाव नजिकिदै गर्दा ओलीले धमाधम चुनावी तालमेल गर्न थालेका छन् । ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गरेका छन् । एमाले र […]

सेटिङ गरेर चुनाव जित्न काँग्रेस–एमाले नै सिपालु छन्, हामीले सक्दैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताएका छन् । विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै स

एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन्।  सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले चुनाव घोषणा गर्न चुनौति दिँदै भनेका छन्, ‘गठबन्धन बनाएर एमाले सिध्याउँछौं भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ, एमाले त्यसलाई सामना गर्न तयार छ।’ गठबन्धन सरकारले दुई महिनामै संसद र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ। उनले संसद व

एमाले समाजवादीको चुनाव चिह्न जुध्यो, उन्नत लोकतान्त्रिक पार्टीको आपत्ति

काठमाडौं : माधव नेपालले नेतृत्व गरेको नवगठित नेकपा एमाले समाजवादी पार्टीले राखेको चुनाव चिह्न जुधेको छ। उन्नत लोकतान्त्रिक पार्टीले एमाले समाजवादी पार्टीले प्रस्ताव गरेको चुनाव चिह्न खुला किताब आफ्नो पार्टीको भएको दाबी गरेको छ । अध्यक्ष स्वागत नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव चिह्नबारे पुनर्विचार नगरे कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। '...निर्वाचन आयोगमा फाइल दर्ता गरी प्रमाण पत्र लिन मात्र बाँकी रहेको अवस्थामा सो पार्टीले हाम्रो चुनाव चिह्न खुला किताब