सहकारीको बचत अपचलनमा तत्कालीन गृहमन्त्री रवि लामिछाने मुछिएपछि संसदीय छानबिनको माग गर्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समय संसद् अवरुद्ध गरेको थियो । सरकार र प्रतिपक्षबीच लामो समयको रस्साकस्सीपछि गत जेठमा सरकारले सांसद …
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नको जवाफ दिँदै तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गराइसकेको बताए । उनले सरकार सहकारी क्षेत्रमा देखिएको समस्याबारे सरकार गम्भीर र जानकार पनि रहेको […]
जनकपुरधाम । मधेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय भएको सो पार्टीकी सांसद तथा मन्त्री बेची लुङ्गेलीले जानकारी दिइन् । उनले आजै मुख्यमन्त्रीलाई राजिनामा बुझाउने पनि बताइन् । नेकपा एसबाट दलका नेता गोबिन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी […]
१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक […]
काठमाडौं : प्रतिनिधिसभामा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसद गोकुल बाँसकोटाले सरकारले भत्किएको बाटो नदेखेको र किसानलाई दूधको बेचेको पैसा नदिएको भन्दै ध्यानाकर्षण गराए। ‘योभन्दा नालायक र गतिहीन सरकार कहिल्यै थिएन। न आँखा छ, न कान’, उनको आक्रोश पोखे। माओवादी सांसद् अमनलाल मोदीले सहकारी पीडितलाई छिटो पैसा फिर्ता दिनुपर्नेमा जोड दिए। उनले पीडकलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गरे। ‘अहिले सहकारीको चर्चा देशैभर छ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् ।
आजको बैठकमा शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी बढ्दा मधेशमा जनजीवन प्रभावित भएको पनि उनीहरूले बताए ।
सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो विभेद् अन्त्य हुन नसकेको विषय उठाए । छुवाछुतविरुद्धको कानुन बलियो हुन नसकेकोले संसद्ले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
सांसद अमरबहादुर थापाले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोलीले काम गरिरहेको भए पनि त्यहाँ जानका लागि सडक पहुँच नरहेको र जग्गा अधिग्रहणको काम नसकिएको विषय उठाए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी उत्खनन गर्ने विषय राखेको भए पनि त्यसलाई कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा ध्यान पु¥याउन नसकेको उनको भनाइ छ ।
सांसद अम्मरबहादुर रायमाझीले पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगका विषयमा संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।
सांसद अमरेशकुमार सिंहले सवारी दुर्घटना बढ्न थालेकाले सडक सुरक्षामा ध्यान दिन नसकेकोका कारण धेरै जनाले ज्यान गुमाउनु परेको बताए । सडक सुरक्षाको मापदण्ड पूरा नभएको विषयलाई गम्भीररूपमा लिइनुपर्ने उनको भनाइ छ । सांसद एकनाथ ढकालले पनि सडकका खाल्डाखुल्डी बढेको र सरकार तथा मातहतका निकायको कमजोरीका कारण सडक दुर्घटना बढेको धारणा राखे ।
सांसद अमृतादेवी अग्रहरीले वर्षेबाली लगाउने बेलामा किसानले मलखाद र बीउबिजन पाउन नसकेको विषय उठाइन् । तराईका जिल्लामा भारतसँगको सीमा नाकाबाट मल तथा बीउबिजन चोरी निकासी हुने गरेको र सरकारका सम्बन्धित निकायले यो विषयलाई ध्यान पु¥याउन नसकेको उनको भनाइ छ ।
सांसद अर्जुननरसिंह केसीले सहकारी संस्थाका बचतकर्ताको रू १० अर्बभन्दा बढी रकम डुब्ने अवस्थामा रहेकाले सरकारले गठन गरेको अध्ययन समितिको प्रभावकारिताबारे प्रश्न गरे ।
सांसद अस्मा कुमारी चौधरीले भूमिहीन र सुकुम्बासीको समस्या देशभर रहेकाले यो समस्या समाधानका लागि शक्तिशाली आयोग बनाएर जानुपर्ने माग राखे ।
सांसद अशोककुमार चौधरी सुनसरी रामधुनी– ९ मा निर्माणाधीन पुल अलपत्र परेको विषय उठाए । काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्न उनले माग गरे ।
सांसद असिम शाहले साझा यातायातले बिजुली बस सञ्चालनमा ल्याउन नसकेको विषय उठाए । साझा यातायातले ३७ ओटा बिजुली बस किनेकोमा जम्मा तीनओटा मात्रै सञ्चालनमा ल्याएको र ३४ ओटा अझै सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । रुट पर्मिट, चार्जिङ सुविधा, पार्किङलगायतका सुविधा नपाउँदा साझा यातायातले आफ्नो सेवा दिन नसकेको उनको भनाइ छ ।
सांसद ईश्वरबहादुर रिजालले दोलखा, सिन्धुपाल्चोक र रामेछाममा गौरीशङ्कर संरक्षण क्षेत्रका कारण स्थानीयले बारीमा उम्रेको रुखबिरूवा समेत काट्न नपाउँदा त्यसले धेरै किसानका बारी जङ्गलमा परिणत भएको बताए ।
सांसद ईश्वरी घर्तीले सगरमाथा आरोही हरि बुढामगरलाई सरकारले बर्सेनि कुनै सेवा सुविधा उपलब्ध गराउने गरी सम्मानित गर्नुपर्ने र माध्यमिक तहको पाठ्यक्रममा उनको जीवनी समावेश गरिनुपर्ने माग राखे । सांसद जुलीकुमारी महतो सगरमाथा आरोहणका क्रममा डोरी चुँडिएर बेपत्ता भएका रञ्जित साहको खोजीका लागि आग्रह गरे ।
सांसद उमरावती देवीले नागरिकताविहीन नागरिकको विषय उठाए । सांसद जाबेदा खातुन जागाले नागरिकता विधेयक पारित गरिनु सकारात्मक रहेको उल्लेख गर्दै नागरिकताबाट वञ्चित व्यक्तिहरूले त्यसको स्वागत गरेको बताए ।
सांसद गगनकुमार थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी बजेटमा व्यवस्था भएकोमा त्यसलाई सच्याउनुपर्ने बताए । जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमार्फत् गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको र यसलाई सच्याउनुपर्ने उनको माग छ ।
सांसद गणेश पराजुलीले पनि निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त रहेको बताए ।
सांसद गीता बस्नेतले बर्दियाको ठाकुरद्वार आरक्षण क्षेत्रका किसानले लालपुर्जा हुँदा पनि जमिनबाट लाभ लिन नसकेको उल्लेख गर्दै किसान बीमा योजना लागू गरिनुपर्ने धारणा राखे ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले पाँचखालमा तरकारी बालीमा कीरा लागेकाले कीटनाशक औषधिको सहज उपलब्धताका लागि माग गरे । सांसद गङ्गाप्रसाद यादव सिरहा जिल्लाका चुरे क्षेत्रका जनताले आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको विषय उठाए ।
सांसद चन्दा कार्की भण्डारीले असहाय र अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट पाउनुपर्ने सुविधाको प्रत्याभूति गरिनुपर्ने बताइन् ।
सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिम चौरजहारीमा हवाई सेवा पछिल्लो तीन वर्षदेखि बन्द रहेकोमा त्यहाँ हवाई सेवा शुरु गरिनुपर्ने माग राखे ।
सांसद चित्रबहादुर केसीले मध्यपहाडी लोकमार्गको काममा भएको ढिलाइको विषय उठाए । मध्यपहाडी राजमार्गमा काम नगर्ने ठेकादारसँगको ठेक्का खारेज गरी अर्को ठेक्का लगाएर तत्काल काम शुरुआतको माग गरे ।
सांसद ज्वालाकुमारी साह कलैया क्षेत्रको सडक निर्माणको विषय उठाइन् । रासस
प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् ।
जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् ।
सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक वि...
न्युज अफ नेपाल, काठमाडौं । विश्वासको मत प्राप्त गरेलगत्तै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । जसमा फ्लोर क्रर गरेका नेकपा एमाले माधव नेपाल समूह निकट सांसदहरु पनि मन्त्री बनेका छन् । मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, […]