काठमाडौं : प्रतिनिधिसभामा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसद गोकुल बाँसकोटाले सरकारले भत्किएको बाटो नदेखेको र किसानलाई दूधको बेचेको पैसा नदिएको भन्दै ध्यानाकर्षण गराए। ‘योभन्दा नालायक र गतिहीन सरकार कहिल्यै थिएन। न आँखा छ, न कान’, उनको आक्रोश पोखे। माओवादी सांसद् अमनलाल मोदीले सहकारी पीडितलाई छिटो पैसा फिर्ता दिनुपर्नेमा जोड दिए। उनले पीडकलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गरे। ‘अहिले सहकारीको चर्चा देशैभर छ।