हेटौंडा : मकवानपुरको हेटौंडामा रहेको सरकारी कार्यालहरूमा विद्युतको चरम दुरुपयोग हुने गरेको पाइएको छ। बुधबार बिहान हेटौंडामा रहेको करिब आधा दर्जन सरकारी कार्यालय पुग्दा विद्युतको दुरुपयोग भएको भेटिएको छ। विद्युत खपतलाई घटाउने अभियानमा प्राधिकरण लागिरहँदा सरकारी कार्यालयहरू भने उल्टै जथाभावी अनावश्यक खपत गरिरहेका छन्। बुधबार हेटौंडामा बिहानैदेखि ठूलो पानी परिरहेको थियो। बाहिर पानी परिरहँदा प्रदेशको मन्त्रालयदेखि हेटौंडा उपमहानगरको कार्यालयमा खाली कोठामा पंखा, कम्प्युटर र