डडेल्धुरा : डडेल्धुराका सरकारी कार्यालयहरू धमाधम बन्द भइरहेका छन्।जिल्लास्थित कार्यालयsf कर्मचारी कोरोना संक्रमित हुन थालेपछि बन्द भएका हुन्। सोमबारदेखि जिल्ला अदालत डडेल्धुराले सेवा संकुचन गर्ने भएको छ। अदालतका ४ जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको भन्दै अदालतले सेवा खुम्च्याएको हो।आइतबार सूचना प्रकाशित गर्दै अदालते सोमबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा संकुचन गर्ने जनाएको छ। अदालतका श्रेस्तेदार रामु शर्माकाअनुसार अदालतले भोलिदेखि बन्दी प्रत्यक्षीकरण,