चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश गर्ने नगर्ने सम्बन्धनमा दुवै पक्षलाई छलफल गर्न उपयुक्त देखिएको भन्दै छलफलका लागि भदौ २ गतेको पेसी तोकेको हो ।यसको साथै केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयसहितको सक्कल फाइल झिकाउन आदेशसमेत दिएको छ । केसीको शैक्षिक योग्यतादेखि