हिमपातका कारण अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सुचारु

बैतडी, माघ २१ । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग सुचारु भएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सुचारु भएका हुन् । भारी हिमपातका कारण बिहीबार अपरान्हदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनभयो । सडक डिभिजन […]

सम्बन्धित सामग्री

पहिरोले रोकिएका जयपृथ्वी र दशरथचन्द राजमार्ग खुले

बैतडी : अविरल वर्षापछि पहिराका कारण अवरुद्ध भएका जयपृथ्वी  र दशरथचन्द राजमार्ग सुचारु भएका छन्।  आइतबार दिउँसो १ बजे जयपृथ्वी अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिकै ठुलो ढुंगा र गएराति  दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला रुख ढलेर अवरुद्ध बनेको थियो।विजयपुरमा खसेको ढुंगालाई बझाङ्गबाट मगाइएको मेसिनले फुटाएपछि र गुरुखोलामा ढलेका रुखहरु जेसिबीको सहयताले पन्छाएपछि दुबै राजमार्ग सञ्चालनमा आएका बैतडीका निमित्त प्रहरी प्रमुख,योगेश खत्रीले जानकारी दिए।

सेनाले हिउँ हटाएपछि दशरथचन्द राजमार्ग सुचारु

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो । हिमपातका कारण उक्त सडक हिजोदेखि अवरुद्ध रहेको थियो । कठपतेमा रहेको टेलिकमको टावर आसपास जमेको हिउँ पनि हटाएको छ । हिउँ हटाएकाले विद्युत, इन्टरनेट, सञ्चार […]