कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरूका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।
आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्र भित्रका कोभिड प्रभावित १ हजार परिवारलाई राहत वितरण गरिएको हो ।
वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम आयोनून, २ किलोग्राम चिनी, २ लिटर सनफ्लावर तेल, १ किलोग्राम सर्फ, ५ ...