नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्याण्डिङ सर्टिफिकेट’ लिएर विदेश जाने चिकित्सकको संख्या बढ्दै गएको छ । सन् २०२० को तुलनामा २०२१ मा यस्तो सर्टिफिकेट लिनेको संख्या ४१५ बढी रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।गुड स्ट्याण्डिङ सर्टिफिकेट लिनेको संख्या बढ्नु भनेको विदेश जाने डाक्टरहरुको संख्या बढ्नु भएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए ।यो सर्टिफिकेट डाक्टरहरुलाई विदेशमा स्नातकोत्तर तहको पढाइ गर्न जाँदा बिरामी जाँच गर्न पाउने रेजिडेन्सी तालिम, फेलोसिप र जागि