आफ्नो सेवा सुबिधाबाट वडा अध्यक्षले किने एम्बुलेन्स
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडा अध्यक्ष नरेश बमले आफुले चार वर्षसम्म पाएको सरकारी सेवा सुबिधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । जिल्लाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुबिधाको रकमबाट...
इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ। यो सेवा इटहरी क्षेत्रभर बसोवास गर्ने नागरिकका लागि हुनेछ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए।...
दैलेख : दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिहीवार बसेको कार्यपालिका बैठकले गर्भवती तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्सले सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताए। उनले स्थानीय तहको निर्वाचनका वेला नागरिकसँग गरिएको ‘वाचा’अनुसार नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बत
दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० […]
काठमाडौँ । दसैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दसैँ बिदामा प्रायः एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन […]
पाल्पाको तिनाउ गाउँ कार्यपालिकाको बैठकले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । बुटवल, भैरहवा, तानसेन र पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।उनले गर्भवती महिलाहरुलाई पनि तानसेन, पाल्पा, बुटवल र भैरहवासम्म एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको बताए। त्यसका लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।
काठमाडौँ,१८ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो । भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडाँै […]
जुम्ला-सिंजा क्षेत्रका तीनै स्थानीयतहले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । गाउँगाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै स्थानीयतले एम्बुलेन्स सेवा शुरु गरेका हुन् । जसमा, सिंजाको कनकासुन्दरी गाउँपालिकाले आइतबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भने, सिंजा क्षेत्रका हिमा र सिंजा गाउँपालिकाले यसअघिनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए ।सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा […]
'आव २०७८/०७९ वडागत कार्यक्रम अनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ', उनले भने, 'अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन।'
दमौली, २४ वैशाख: तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरी र कोभिड सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । कोभिड जोखिमका कारण सुत्केरीलाई समस्यालाई पर्ने भएकाले गाउँपालिकाले सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो । साथै कोभिड सङ्क्रमितलाई पनि एम्बुलेन्स सेवा निःशुल्क हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले […]
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा शुरु गरिएको छ । नि:शुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधिको पनि नि:शुल्क सेवा शुरु गरेको हो । महानगरपालिकासँग एउटा एम्बुलेन्स र शववाहन समेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो । यसपटक महानगरपालिकाले ३१ लाख […]