दैलेख : दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिहीवार बसेको कार्यपालिका बैठकले गर्भवती तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्सले सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताए। उनले स्थानीय तहको निर्वाचनका वेला नागरिकसँग गरिएको ‘वाचा’अनुसार नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बत