काठमाण्डौ – नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिनुभएको छ ।
आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उहाँले उल्लेख गर्नुभएको छ । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ ह...